बझाङमा म्यादी प्रहरीका लागि १ हजार ६ सयबढीले आवेदन दिए

बझाङ समाचार

साइपालखवर, बझाङ । बझाङमा म्यादी प्रहरीमा भर्ना हुनका लागि १ हजार ६ सय जनाले आवेदन दिएका छन् । चैत्र ११ गतेसम्म तोकिएको भर्ना अवधिमा ३ सय २६ जना महिला र १ हजार ३ सय ३० जना पुरुषले भर्नाका लागि आवेदन दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टका अनुसार जिल्लामा आवेदन दिएका मध्येबाट एक हजार ९३ जना छनौट हुने छन् ।
आवेदन भरेकाहरुलाई चैत १३ गते आइतवार सम्पर्क मिति तोकिएको छ भने चैत्र १५ गतेबाट छनोट प्रक्रिया सुरु हुने छ । छनौट भएकाहरुलाई एक साताको तालिम दिएर चुनावी सुरक्षाका लागि खटाइने डिएसपी विष्टको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *