सत्यराज सिह, बझाङ। वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत तोकेको छ । आयोगले बझाङसहित देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको हो । बझाङका १० वटा गाउँपालिका र २ वटा नगरपालिकामा एउटा मुख्य निर्वाचन अधिकृत र ११ जना निर्वाचन अधिकृत तोकेको छ । आयोगले जयपृथ्वी नगरपालिकामा बझाङ जिल्ला अदालतका जिल्ला न्यायाधिश विष्णु प्रसाद अवस्थीलाई मुख्य निर्वाचन अधिकृतको रुपमा तोकेको छ ।
आयोगले तोके अनुसार बुङगल नगरपालिकामा सर्वाेच्च अदालतका ईजलास अधिकृत मनोज बराल, साईपाल गाउँपालिकामा शिक्षा विकास तथा समन्वय ईकाई डोटीका उप सचिव दिपकराज कलौनी, केदारस्युँ गाउँपालिकामा अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका उपन्यायाधिवक्ता केशव प्रसाद गौतम रहेका छन् । त्यसैगरी खप्तडछान्ना गाउँपालिकामा उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय काठमाडौका उपसचिव विशाल सापकोटा, छविसपाथीभेरा गाउँपालिकामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उप सचिव ईश्वरी प्रसाद ज्ञावाली रहेका छन् ।
तल्कोट गाउँपालिकामा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप सचिव रामकृष्ण अधिकारी थलारा गाउँपालिकामा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर शाही लाई खटाएको छ ।
यस्तै सर्वोच्च अदालतका उपरजिष्ट्रार यदुराम शर्मालाई दुर्गाथली गाउँपालिकामा, संघिय मामीला तथा सामान्य मन्त्रालयका उप सचिव नेत्र प्रसाद घिमिरेलाई मष्टा गाउँपालिकामा, परराष्ट्रमन्त्रालयका उपसचिव सागर प्रसाद फ्याललाई सुर्मा गाउँपालिकामा र वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका उपसचिव हरि पंगेनीलाई वित्थडचिर गाउँपालिकामा निर्वाचन अधिकृतको रुपमा खटाएको छ ।