रिदम सिंह, बझाङ । जिल्ला सदरमुकाम चैनपुरमा शुक्रवार सरोकारवाला निकायहरु संग खाद्य अधिकार उलंघनका सवाल सम्बन्धि अन्र्तसम्वाद कार्यक्रम भएको छ । फियान नेपालको आयोजनामा आज जिल्लाका सरोकारवालाहरु संग खाद्य अधिकारका सवालमा अन्तरसम्वाद भएको हो ।
सम्वादका क्रममा वक्ताहरुले कृषि उत्पादन ह्रास, कृषक परिवारसंग खेतीयोग्य जमिन कम हुनु, खेतीयोग्य जमिन बाझो रहनु, कृषि वालीहरुको उत्पादकत्व र सिचाई सुविधा पर्याप्त नहुनु, वालीमा रोग किराको प्रकोप बढ्नु, युवा वर्गको कृषि पेशामा आर्कषण घटनु र युवा जनशक्तिको निरन्तर विदेश पलायन बढ्दै जानु लगायतका कारणले खाद्य असुरक्षा बढेको बताएका थिए । कार्यक्रममा छविसपाथीभेरा गाँउपालिका, र थलारा गाँउपालिकाका खाद्य सुरक्षा संजाल समितिका प्रतिनिधिहरुपनि सहभागि रहेका थिए ।
सेती नदीले छविसपाथीभेरा गाँउपालिकाका विभिन्न ठााउमा खेती योग्य जमिन बगाउदा र थलारा गाँउपालिकामा राष्टिय निकुञ्जले निगालो काटन पुर्जि नदिदा पेश लोप हुँदा खाद्य असुरक्षा बढेको बताएका थिए । फियान नेपालका कार्यकारी निर्देशक अशोक बहादुर सिंहले देशभरका हरेक खाद्य असुरक्षाका घटना केलाएर हेर्दा न्युन आय भएका गरिखाने बर्गहरु बढी प्रभावित हुने गरेको बताउनु भयो ।
जिल्ला समन्वय समितिका सभापति खडक बहादुर खडकाको अध्यक्षतामा भएको अन्र्तसम्वाद कार्यक्रममा थलारा गााउपालिकाका अध्यक्ष उपाध्याक्ष, वडाध्यक्ष, छविसपाथीभेरा गााउपालिकाका वडाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।