जयपृथ्वीमा मेयरका छोरा नगर प्रहरी, मनोमानी गरिएको भन्दैँ असन्तुष्टि

बझाङ समाचार सुदुरपश्चिम

बझाङ – जयपृथ्वी नगरपालिकाले भर्ना गरेका नगर प्रहरीको छनौटमा निष्पक्षता नभएको भन्दै परिक्षार्थीहरुले पुनः जाँच गराउन माग गरेका छन् । जयपृथ्वी नगरपालिकाले सोमबार सार्वजनिक गरेको नामावलीमा जनप्रतिनिधिहरुका आफन्त मात्रै परेको परीक्षार्थी कलक खड्काले बताए ।

मंगलबार दरखास्त पेस गरेका मध्ये १९ जनाले निष्पक्ष छनौट गरिनुपर्ने माग राख्दै हस्ताक्षर जयपृथ्वी नगरपालिकामा बुझाएका छन् । निवेदनमा परीक्षाको नतिजा तथा नगर प्रहरीको छनौट प्रकृया पुनः गर्न माग गरेका छन् ।

नगर प्रहरीमा नाम निकालेका मध्ये एकजना नगरपालिकाका अधिकृतका आफन्त छन् । एकजना मेयरका छोरा र अर्का उपमेयरका आफन्त रहेको परीक्षार्थीहरुले बताए । निवेदन माथि छलफल नगरी मनोमानी गरेमा आन्दोलन गर्ने चेतावनी समेत उनीहरुले दिएका छन् ।

नगर प्रहरीमा १२ जनाको नाम छनौट भएको छ । जसमा नगर प्रमुख, उपप्रमुख तथा कर्मचारीहरुका आफन्तहरु परेको भन्दै सामाजिक सञ्जालमा पनि चर्को आलोचना भइरहेको छ । जनप्रतिनिधीहरुले आफ्नो कार्यकाल सकिन लाग्दा नगरपालिकामा आफन्तहरुलाई भर्ति गरेको स्थानीयको  आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *