बझाङमा कुल मतदाता संख्या १ लाख २२ हजार १ सय ३७

प्रदेश बझाङ समाचार सुदुरपश्चिम

बझाङ- बझाङमा १ लाख २२ हजार १ सय ३७ मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ । जसमध्ये सबैभन्दा बढी बुंगल नगरपालिकामा १९ हजार ५ सय ७६ जना मतदाता रहेका छन् भने सबैभन्दा कम साइपाल गाउँपालिकामा १ हजार ४ सय ९९ जना मतदाता संख्या रहेको कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ ।

गत २०७४ स्थानीय तह निर्वाचनमा बझाङमा ९७ हजार ६ सय ११ मतदाता संख्या रहेकोमा यस निर्वाचनसम्म आइपुग्दा बझाङमा १ लाख २२ हजार १ सय ३७ मतदाता संख्या पुगेको छ । जसमा महिला ६० हजार ७ सय ४८ जना र पुरुष ६१ हजार ३ सय ८९ जना मतदाता रहेका छन् ।

यो तथ्यांक अन्तिम रहेको पनि जिल्ला निर्वाचन कार्यालय जनाएको छ । यसैगरि पालिका स्तरमा मतदाता संख्या जयपृथ्वी नगरपालिकामा १४ हजार २ सय ९१ जना, छबिसपाथिभेरा गाउँपालिकामा १० हजार ३ सय ४३ जना, थलारामा ११ हजार ३ सय २५ जना, मष्टामा ८ हजार ९ सय ९४ जना, केदारस्युँमा १२ हजार ५२ जना, खप्तडछान्नामा ११ हजार १ सय ३६ जना, दुर्गाथलीमा ९ हजार ३४ जना, वित्थडचिरमा १० हजार ९ सय ३८ जना, सुर्मामा ५ हजार ३ सय ४२ जना र तल्कोट गाउँपालिकामा ७ हजार ६ सय ७ जना मतदाता संख्या रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *