बझाङका ९ स्थानीय तहमा सबै दल मिल्दा पनि एमाले नै बलियो, बाँकी ३ वटामा कडा प्रतिस्पर्धा

प्रदेश बझाङ मुख्य खबर राजनीति समाचार सुदुरपश्चिम

बझाङ-नेकपा एमालेका केन्दीय सदस्य तथा पूर्व अनेरास्ववियुका अध्यक्ष ऐन महर, भैरव बहादुर सिंह, अफिलाल ओखेडा र आशा कुमारी विकको गृहजिल्ला बझाङमा रहेका १२ स्थानीय पालिकामा गत निर्वाचनमा एमालेले ८ वटामा प्रमुख तथा ९ वटामा उपप्रमुख जितेर बर्चश्व जमाएको थियो । २०७४ को निर्वाचनमा केही पालिकामा जीत निकालेको एमालेले अहिले त्यो विरासत कायम राख्न सक्छ वा सक्दैन भन्ने विषयमा अड्कलबाजी सुरु भएका छन् ।

बझाङका केही पालिकामा सबै दल एकातिर भए एमालेलाई जित्न कठिन हुने देखिन्छ । एमाले एक्लै लडे पनि गठबन्धनलाई टक्कर दिनसक्ने स्थानीय तहमा मष्टा, वित्थडचिर, थलारा, दुर्गाथली, साइपाल, तलकोट, केदारस्युँ, जयपृथ्वी र छविस लगाएतका पालिका रहेका छन । अघिल्लो निर्वाचनमा साइपाल बाहेकका पालिका एमालेले जितेको र अहिले माओवादीको पनि धेरै शक्ति एमालेमा आएकाले पार्टी विभाजनको खासै असर यी पालिकामा देखिँदैन ।

पार्टी विभाजन गरेर नेकपा एसमा बनेपनि यति धेरै जनप्रतिनिधि कुनैले पनि त्यो पार्टी नरोजेका कारण र प्रभावशाली नेताहरु एउटै मोर्चामा रहेका कारण जिल्लामा पार्टी कमजोर नभएको एमाले केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सह– इन्चाज एन महरले तर्क गर्छन् । तर केही पालिकामा नेकपा एसले केही मत काट्ने र सत्तारुढ सबै दल एमालेविरुद्ध तालमेलका लागि अगाडि बढेकाले एमालेलाई विरासत जोगाउन चुनौती छ ।

अघिल्लो निर्वाचनमा जयपृथ्वी नगरपालिकामा एमालेका विरेन्द्र बहादुर खड्काले ३ हजार ४० मत प्राप्त गरी जित हासिल गरेका थिए भने उनका निकटनम प्रतिस्पर्धी नेपाली काँग्रेसका चेतराज बजालले २ हजार ९६० मत ल्याएका थिए । यस्तै, माओवादी केन्द्रका नरेन्द्र खड्काले १ हजार ३१७ मत हासिल गरेका थिए । यो पालिकामा एमालेका उम्मेदवार खड्का ८० मतान्तरले विजयी भएका कारण पनि यहाँ गठबन्धन भएमा पनि एमाले नै बलियो रहेको आँकलन गरिएको हो ।

त्यस्तै थलारा गाउँपालिकामा एमालेका भुवनेश्वर उपाध्यायले २ हजार ७७८ मतका साथ जित हासिल गरेका थिए । यहाँ काँग्रेसका राम बहादुर खातीले २ हजार ८१ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका उम्मेदवार शेर बहादुर सावदले १ हजार १५२ मत पाएका थिए ।
छविसपाथिभेरा गाउँपालिकामा एमालेका अक्कल बहादुर धामीले २ हजार २८९ मतका साथ जित हासिल गर्दा काँग्रेसका झलक बहादुर कठायतले १ हजार ३ सय ७३ मत प्राप्त गरेका थिए भने, माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्र सिंह धामीले १ हजार ४३३ मतमात्र हासिल गरेका थिए ।

त्यस्तै केदारस्यँ गाउँपालिकामा एमालेका इन्द्र बहादुर भण्डारीले २ हजार ८१५ मतका साथ जित हासिल गर्दा काँग्रेसका रमेश बहादुर भण्डारीले २ हजार ३६२ मत प्राप्तगरेका थिएभने, माओवादी केन्द्रका उम्मेदवार प्रेम बहादुर बोहराले १ हजार ५६७ मत पाएका थिए ।
वित्थडचिर गाउँपालिकामा एमालेका प्रेमबहादुर बोहराले २ हजार ७११ मतका साथ जित हासिल गर्दा काँग्रेसका धन बहादुर खड्काले २ हजार २५२ मत प्राप्त गरेका थिए भने, माओवादी केन्द्रका उम्मेदवार रमेश बहादुर अधिकारीले १ हजार २८ मत पाएका थिए ।

त्यस्तै मष्टा गाउँपालिकामा एमालेका कर्ण बहादुर कठायतले २ हजार १४२ मतका साथ जित हासिल गर्दा काँग्रेसका ज्ञान बहादुर बोहराले १ हजार ९६१ मत प्राप्त गरेका थिए भने, माओवादी केन्द्रका उम्मेदवार शिवराज बोहराले ८ सय २२ मत पाएका थिए । तलकोट गाउँपालिकामा एमालेका लाल बहादुर विष्टले २ हजार ६४ मतका साथ जित हासिल गर्दा काँग्रेसका राजेन्द्र बहादुर सिंहले २ हजार मत प्राप्त गरेका थिए भने, माओवादी केन्द्रका धन बहादुर धमेनाले २७३ मत पाएका थिए ।

त्यस्तै दुर्गाथली गाउँपालिकामा एमालेका प्रयागराज जोशीले १ हजार ५ सय ९० मतका साथ जित हासिल गर्दा काँग्रेसका जनक बहादुर दौल्यालले १ हजार ४५३ मत प्राप्त गरेका थिए भने, माओवादी केन्द्रका दिल बहादुर थापाले १ हजार २४७ मत पाएका थिए । तर अघिल्लो चुनावको मत परिणामलाई आधार मानेर हेर्ने हो भने जयपृथ्वी नगरपालिका, थलारा गाउँपालिका, छविस गाउँपालिका, केदारस्युँ गाउँपालिका, वित्थडचिर गाउँपालिका, मष्टा गाउँपालिका, तलकोट गाउँपालिका र दुर्गाथली गाउँपालिकामा एमालेलाई गठबन्धनका अगाडि आफ्नो विरासत जोगाउन चुनौती छ ।

अघिल्लो चुनावमा साइपाल गाउँपालिकामा एक्लाएक्लै लडेका एमाले, काँग्रेस र माओवादी केन्द्र उम्मेदवारहरु काँग्रेसका राजेन्द्र बहादुर धामीले ३९४ मतका साथ जित हासिल गर्दा एमालेका मानविर बोहराले ३३६ मत प्राप्त गरेका थिएभने, माओवादी केन्द्रका उम्मेदवार शेर बहादुर बोहराले २१ मत पाएका थिए । साइपालमा अहिले माओवादी केन्द्रमा १ जना बाहेक गाउँपालिका कमिटी नै एमालेमा समाहित भएकाले जित्ने आँकलन गरिएको छ ।

बुंगल नगरपालिकामा काँग्रेसका धन बहादुर विष्टले ५ हजार २५९ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका धन बहादुर बोहराले ४ हजार ५२३ मत ल्याएका थिए । यहाँ माओवादी केन्द्रका हरि कुँवरले २ हजार २६१ मत हासिल गरेका थिए ।
त्यस्तै सुर्मा गाउँपालिकामा काँग्रेसमा नर बहादुर बोहराले १ हजार ७४८ प्राप्त गरी जित हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका शेर बहादुर बोहराले १ हजार ६८६ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार सुरेन्द्र बहादुर बोहराले ५२ मत प्राप्त गरेका थिए ।

त्यस्तै खप्तडछान्ना गाउँपालिकामा काँग्रेसका वर्क बहादुर रोकायाले २ हजार २७९ मत प्राप्त गरी जित हासिल गर्दा एमालेका मिश्र बहादुर रोकायाले २ हजार ९६ मत प्राप्त गरेका थिए भने, माओवादी केन्द्रका टोप बहादुर खड्काले १ हजार ४५७ मत प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *