बझाङमा केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रमको तयारी तिव्र, ५० हजार जनता उतार्ने

प्रदेश बझाङ राजनीति समाचार सुदुरपश्चिम

बझाङ-नेकपा एमाले जिल्ला कमिटी बझाङले आयोजना गरेको बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमको तयारी तिव्र रुपमा अगाडी बढाएको छ । चैत २८ गते बझाङको सदरमुकाम चैनपुरमा आयोजना गरिएको बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमका लागि जनताको घरघरमा निमन्त्रणा कार्डहरु वितरण कार्य थालिएको छ ।

उक्त कार्यक्रमको प्रचारप्रसारका लागि नेकपा एमाले जिल्ला कमिटी सचिव आनन्दलाल विकको संयोजगत्वमा १३ सदस्यीय प्रचारप्रसार उपसमिती गठन गरिएको छ । बुधबार नेकपा एमालेको पार्टी कार्यालयमा बसेको प्रचारप्रसार उपसमितीको बैठकले कार्यक्रमको प्रचारप्रसारका लागि ६ वटा प्रस्तावहरु माथि छलफल गर्नुका साथै काम समेत बाँडफाँड गरेको छ ।

कार्यक्रमको प्रचारका लागि यातायातका साधनहरुमा प्रचारप्रसार गर्न, संचार माध्यामहरुमा सुचना प्रसारण गर्न, व्यानर, झण्डा, तथा पम्पलेड टाँस गर्न, अनलाईन लाइभ गर्न, स्वयंमसेवकलाई मोटरसाइकल र्याली गराउन जिम्मेवारी बाँडफाड गरिएको हो । कार्यक्रमलाई पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरुको साँस्कृतिक प्रस्तुतिका साथै स्थानिय झाँकी प्रर्दशन र देउडा प्रतियोगिता समेत रहेको उक्त कार्यक्रमका प्रचारप्रसार उप समितिका संयोजक तथा नेकपा एमाले जिल्ला कमिटी बझाङका सचिव आनन्दलाल विकले बताए ।

कार्यक्रममा जिल्ला बासिलाई आमन्त्रणका लागि ५० हजार निमन्त्रणा कार्ड छपाइएकोमा हाल सम्म ३५ हजार कार्ड वितरण गरिसकेको र मञ्च व्यवस्थापनको काम पनि तिव्र रुपमा भएको विकले बताए ।

उक्त कार्यक्रममा ५ सय स्वयंमसेवक खटाउने र ५० हजार जनता कार्यक्रममा उतार्ने प्रयासमा सबै लागिरहेका नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सह– इन्चार्ज ऐन महरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *