बझाङ – पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार बझाङ पुग्नुभएको छ । अध्यक्ष ओली नेकपा एमाले जिल्ला कमिटी बझाङले आयोजना गरेको विसाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रमको सम्बोधन गर्न बझाङ पुग्नु भएको हो ।
बझाङको सदरमुकाम चैनपुरको नयाँ बसपार्कमा गरिएको विसाल जनसभामा बझाङ जिल्लाका १२ वटै स्थानीय तह बाट नेकपा एमाले प्रति आस्थावान तथा कार्याकर्ताहरुको उल्लेखनीय सहभागीता रहेको छ ।
१२ वटै पालिकाहरु बाट बाजागाजा सहित टोल, वडा, पालिकाबाट जनताहरु कार्यक्रम स्थल तर्फ आइरहेका छन् । उक्त कार्यक्रममा नेकपा एमालेबाट निवार्चित भएर नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका गाउँपालिकाका जनप्रतिनिधी सहित अन्य विभिन्न पार्टीमा रहेका ब्यक्तीहरु प्रबेश गर्ने कार्यक्रम रहेको नेकपा एमाले केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह इन्चार्ज ऐन महरले बताउनु भयो ।
बझाङको कार्यक्रम सम्बोधन गर्न पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संगै पुर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लगायतका सुदुरपश्चिम प्रदेशका नेकपा एमाले प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायत नेताहरुको समेत बझाङ पुग्नुभएको हो ।