चैनपुर-ताक्लाकोट सडकमा अरुले लाख छुट्याय एमालेले करोड: एमाले उपाध्यक्ष विष्णु पौडेल

प्रदेश बझाङ मुख्य खबर राजनीति समाचार सुदुरपश्चिम

बझाङ –नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चैनपुर ताक्लाकोट सडक आफुहरुको प्राथमिकतामा परेको बताए ।

नेकपा एमाले जिल्ला कमिटी बझाङले आयोजना गरेको बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले एमाले बाहेक अरू पार्टीको सरकार बन्दा चैनपुर ताक्लाकोट सडकमा अरु पार्टीको सरकार बन्दा लाख छुट्याउने गरेको तर एमाले सरकारमा रहदा करोडौ रकम विनियोजन गरेको बताए ।

केपी ओली प्रधानमन्त्री बन्दा चैनपुर ताक्लाकोट सडकलाई मात्रै एक अर्ब ४० करोड रुपैयाँ बजेट छुट्टाइएको उनले स्मरण गर्दै विकासका लागि एमाले सरकारको विकल्प नभएको बताए । ‘एउटै सडकलाई एक अर्ब ४० करोड बजेट छुट्याउन एमालेको सरकारले मात्रै सक्छ । त्यसैले देश विकासका लागि एमालेको सरकार चाहिएको छ,’ उनले भने ।

अहिले चैनपुर ताक्लाकोट सडक अवरुद्ध भएको भन्दै यसलाई एमाले सरकार आएर सुचारु गर्ने बताए । उनले भने, ‘अबको चुनावपछि ओली गठबन्धनको होइन, एमालेको एकल बहुमतको प्रधानमन्त्री बन्नुहुन्छ । यदि यो सडक पूरा होस भन्ने चाहनुहुन्छ भने एमालेलाई साथ दिनुस् ।’ एमालेका अगाडि कुनै पनि गठबन्धन नटिक्ने दाबी पौडेलले दाबी गरे ।

‘यस्ता गठबन्धन एमालेले धेरै पटक देखिसकेको छ । कस–कसले गठबन्धन गर्न सक्छन् गरे हुन्छ । कुनै गठबन्धनले एमालेको विजय यात्रा रोक्न सक्ने छैन । एमालेका अगाडि कुनै पनि गठबन्धन टिक्न सक्ने छैन,’ पौडेलले भने । पौडेलले गाउँ–गाउँमा कांग्रेस र माओवादीलाई एक्लै चुनाव लड्ने हिम्मत छ कि छैन भनेर सोध्न कार्यकर्तालाई आग्रह गरे ।

उनले भने, उनीहरूलाई सोध्नुस्, एक्लै चुनाव लड्ने हिम्मत छ रु उनीहरू भन्नेछन्– छैन । र, एमालेलाई यसरी विजयी बनाउनुस् कि अर्को चोटि एमालेविरुद्धमा कसैले उम्मेदवारी दिने हिम्मत गर्ने छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *