मष्टा गाउँपालिकाको अध्यक्षका एमालेका ६ जना आकांक्षी

बझाङ राजनीति समाचार

साइपालखवर । बझाङको मष्टा गाउँपालिकाको अध्यक्षका लागी नेकपा एमालेका ६ जनाले आकांक्षा देखाएका छन् । आसन्न स्थानिय तहको निर्वाचनका लागी गाउँपालिका अध्यक्ष कर्णबहादुर कठायतले फेरी पनि अध्यक्षमा दोहोर्याउने बताएका छन् । उनले यस पटक फेरी पनि उम्मेद्वार बनेर पालिकाको नेतृत्व हाक्ने बताइ रहेका छन् ।
त्यसैगरी गाउँपालिका उपाधयक्ष भगवती बोहराले पनि गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेबाट आफ्नो दावी रहने बताएकी छन् । उपाध्यक्ष भएर ५ वर्षसम्म काम गरेका कारण आफुले अनुभव वटुलेको र अव पालिकाको नेतृतवलाई सहज ढङ्गबाट निर्वाह गर्न सक्ने उनका दावी रहेको छ । पुरुषले मात्रै पालिकाको नेतृत्व पाउनु पर्छ भन्ने मान्यतालाई विस्थापित गर्नका लागी पनि नेकपा एमालेले महिलालाई अध्यक्षको उम्मेद्वार बनाउनु पर्ने उनको भनाइ रहेको छ । पार्टीले विश्वास गरी आफुलाई टिकट दिएको खण्डमा विजयी पनि प्राप्त गर्ने उनले बताइन् । तर पार्टीको निर्णय विपरित कुनै गतिविधी आफुले नगर्ने बोहराको भनाई रहेको छ ।
त्यसैगरी मष्टा गाउँपालिकाको नेतृत्व लिनका लागी अरु चार जना पनि लभिङमा लागेका छन् । अध्यक्षको टिकटका लागी धर्मराज खड्का, शंकर बोहरा, धर्मराज बोहरा र दीपक रोकायाले पनि आफ्नो तयारी थालेका छन् । रोकाया नेकपा एमालेमा रहेर क्रियाशिलरुपमा पाटीृलाई सहयोग गर्दै आएका हुन भने, अन्य बोहरा र खड्का पनि नेकपा एमालेको सक्रिय सदस्यका रुपमा रहेका छन् ।
अघिललो स्थानिय तहको निर्वाचनमा नेकपा एमालेले जित हात पारेको मष्टा गाउँपालिकामा यस पटक पनि आफुले नै जित्ने नेकपा एमालेले दावी गर्दै आएको छ । तर गठबन्धन गरेर मष्टाको नेतृत्व आफ्नो कब्जामा लिने दाउमा नेपाली काँग्रेस रहेको छ । स्थानिय तहको निर्वाचन २०७४ सालमा नेपाली काँग्रेसका तत्कालिन उपसभापति ज्ञान बहादुर बोहरा कर्णबहादुर कठायतसँग एकसयभन्दा केही वढीमतले पराजित भएका थिए । अहिले नेपाली काँग्रेस जिल्ला कार्यसमिती बझाङले पनि मष्टामा गठबन्धन भएपनि आफुले नै पालिकाको अध्यक्षको भाग पाउनु पर्ने बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *