सत्तारुढ गठबन्धनको भागबण्डामा नेपाली काँग्रेस तलकोट गाउँकार्य समितीको असन्तुष्टि

प्रदेश बझाङ मुख्य खबर राजनीति समाचार सुदुरपश्चिम

 बझाङ-सत्तारुढ गठबन्धनको निर्णय प्रति नेपाली काँग्रेस तलकोट गाउँकार्य समितीले असन्तुष्टि जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै गठबन्धनमा सामेल दलहरुले आसन्न निर्वाचनका लागि बझाङ जिल्लाका पालिकाहरुलाई भागबन्डा गरेकोमा असन्तुष्टि जनाएको हो ।

बुधबार बैशाख ३० गते हुने निर्वाचनमा तिनदलहरुले गठबन्धन गरेर जाने निर्णय गर्दै पालिकामा दलहरु विच भागबण्डा समेत गरिसकेको छ । तलकोट गाउँपालिकामा काँग्रेसलाई पछारेर एकीकृत समाजवादीले गाउँपालिका प्रमुखको भाग पाएपछी नेपाली काँग्रेस तलकोट गाउँकार्य समितीले आज नेपाली काँग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका शिर्ष नेताहरु बसेर गरेको पालिका भागबण्डा प्रति असन्तुष्टी जनाउदै नेपाली काँग्रेस तलकोट गाउँकार्य समितीले निर्णय विरुद्व विज्ञप्ती जारी गरेको हो ।

विज्ञप्तीमा बैशाख ७ गते बुधबार सत्ता साझेदार दल नेपाली काँग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपाका शिर्ष नेताहरु बसेर गरेको उक्त निर्णय प्रति नेपाली काँग्रेस तलकोट गाउँकार्य समितीको गम्भिर ध्यानाकर्षण हुनुका साथै उक्त निर्णय नेपाली काँग्रेस तलकोट गाउँ कार्य समितीको विपरित मात्र नभई तलकोटी जताहरुको इच्छा तथा हित विपरित भएको समितीले उल्लेख गरेको छ ।

पालिका समितीले उक्त निर्णयलाई सच्याउन पार्टी पंङ्तीलाई आग्रह गरेको छ । नेपाली काँग्रेस तलकोट गाउँकार्य समिती सभापती लोकेन्द्र बहादुर सिंहले हस्ताक्षर गरेको उक्त विज्ञप्तीमा भनिएको छ । ‘तलकोट गाउँपालिकामा बलियो रहेको पार्टीलाई पार्टी पंङ्तीले गुमनाम गराउनु आफैमा आपत्ति जनक रहेको कुरा जगजायरै रहेको र उक्त पालिकामा ५ प्रतिशत पनि मतदाता नभएको पार्टीलाई नेपाली काँग्रेस तलकोट गाउँकार्य समितीले सहयोग नगर्ने कुरा समेत अवगत गराउन चाहान्छु ।’

समितीले पार्टी पंतिले उक्त निर्णय हेरफेर नगरेमा तथा नसच्याएमा नेपाली काँग्रेस तलकोट गाउँपालिका समितीका सम्पुर्ण पदाधिकारी, वडासमितीका पदाधिकारीहरु संयुक्त रुपमा राजिनामा दिने र तलकोट गाउँपालिकामा आफ्नो दावी नछोड्नुका साथै आफ्ना उम्मेदवारहरु छनोट गरी बैशाख ३० गतेको निर्वाचनमा स्वतन्त्र रुपमा सहभागी हुने जनाएको छ ।

गठबन्धनले गरेको पालिका भागबण्डामा तलकोट गाउँपालिकामा मात्र नभएर दुर्गाथली, केदारस्युुँ र थलारा गाउँपालिकामा समेत नेपाली काँग्रेसका नेताहरुले सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *