ऐन महरको गाउँबाट एमालेले खोल्यो खाता, दलित महिला सदस्य निर्विरोध निर्वाचित

प्रदेश बझाङ राजनीति समाचार सुदुरपश्चिम

बझाङ-बझाङको जयपृथ्वी नगरपालिकामा एमालेका एक उम्मेदवार निर्विरोध हुने भएका छन् । जयपृथ्वी नगरपालिका–७ मा दलित महिला वडा सदस्य पदमा एक जनाको मात्रै उम्मेदवारी परेको हो ।

स्थानीय तह निर्वाचन–२०७९ का लागि वैशाख ११ र १२ गते राखिएको उम्मेदवार मनोनयनको क्रममा जयपृथ्वी–७ को दलित महिला सदस्यमा एमालेकी उम्मेदवार सुन्तला चदाराको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुने भएकी हुन् ।

निर्वाचन आयोगले आवश्यक प्रक्रिया पुरा भएपछि उनलाई विजयी घोषणा गर्नेछ । नेकपा एमालेको उम्मेदवार निर्विरोध निर्वाचित हुने भएपछि निर्वाचनमा हौसला मिलेको जयपृथ्वी नगरपालिका वडानम्बर ७ का एमालेका वडाअध्यक्षका उम्मेदवार अमित महरले बताए । महरले विहानीले दिनको संकेत गर्छ भनेझै यसले पनि संकेत गरेको बताए ।

उक्त वडा नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सह -इन्चार्ज ऐन महरको वडा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *