बझाङमा १ हजार ३ सयभन्दा बढीको उम्मेदवारी, कुन स्थानियतहमा कति ?

प्रदेश बझाङ मुख्य खबर राजनीति समाचार सुदुरपश्चिम

बझाङ-बझाङमा स्थानीय तहको निर्वाचन २०७९ का लागि १ हजार ३१८ जनाको उम्मेदवारी परेको छ ।  जिल्ला निर्वाचन कार्यालय बझाङका अनुसार २ नगरपालिका र १० वटा गाउँपालिकामा आइतवार र सोमवार गरी १ हजार ३१८ जनाको उम्मेदवारी परेको हो ।

नगरप्रमुखमा ८ जना र उपप्रमुखमा १० जनाको उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्षमा ४४ जना र उपाध्यक्षमा ३२ जनाको उम्मेदवारी परेको छ ।

३१७ जनाको वडाध्यक्ष, २२८ जना महिला सदस्य, २०१ जना दलित महिला सदस्य र ४७८ नाको सदस्यमा उम्मेदवारी परेको निर्वाचन कार्यालय बझाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *