बझाङ-नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विध्यार्थी युनियन (अनेरास्ववियू) का सचिवालय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज प्रविन्द्र धामी वडाध्यक्षको उम्मेदवार बनेका छन् ।
बझाङको जयपृथ्वी नगरपालिका वडान–९ मा धामी एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका हुन् । वडाको विकास र समुन्नतिमा हातेमालो गर्ने हेतुले उम्मेदवारी दर्ता गरेको धामीले बताए ।
यसअघि पनि अनेरास्ववियुको जिल्ला संयोजकको भुमिका निभाइसकेका धामी पार्टीका विभिन्न संघ संगठनमा क्रियाशिल रहेका छन् । उनि शालीन र भद्र युवा नेताको रुपमा परिचित रहेका छन् ।
जयपृथ्वी नगरपालिका —९ मा यसपाली धामीलार्ई वडाअध्यक्षमा निर्वाचित गर्नेमा लगभग पक्का भएको त्यहाँका जनता बताउँछन् ।
वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा धामी सत्तारुढ गठबन्धनसंग चुनाव भिड्दैछन् ।
विद्यार्थी जिवनबाट राजनिति सुरु गरेका धामीले स्थानियस्तर देखि विद्यार्थीको केन्द्रिय कमिटीसम्म लोकप्रिय छन् । स्थानीयस्तरमा धामी साहसी, निडर र इमानदार स्वभाव भएका व्यक्ति भनेर चिनिन्छ ।
धामीलाई वडामा ल्याउन युवाहरुले नै बढि जोर गरेका छन् । आशन्न निर्वाचन लक्षित गर्दै धामीले आफु वडाध्यक्ष भएपछी गर्ने काम समेटेर लिखित रुपमै २७ बुद्धे प्रतिवद्धता (घोषणा) पत्र नै सार्वजनिक गरेकाछन् ।
यस्ता छन् धामीले सार्वजनिक गरेका प्रतिबद्धता :
१) जालपा स्कुलमा गुणस्तरीय शिक्षा को लागि आवश्यक पहल कदमी गर्ने (थप शिक्षक,पाठ्यक्रम,अपाङ्गता भएकाहरुको सहज पहुँच,अतिरिक्त पढाइ, सिकाइ, खेलकुद तथा मनोरञ्जन,सामुदायिक बिध्यालयप्रती बिध्यार्थी,अभिभावकको आकर्षण बढाउने, शिक्षक,अभिभावक र बिध्यार्थिबिच अधिकतम समन्वयका क्रियाकलाप गर्ने ! क्भ्भ् परिक्षाका २ जना स्थानीय टपरलाइ सम्मान तथा ल्यापटप हस्तान्तरण ! आर्थिक अवस्था न्यून भएका,खेलकुद, गायन तथा अन्य बिधाका उत्कृष्ट बिध्यार्थिलाई छात्रवृत्तिको ब्यबस्था ! शिक्षकहरुको थप क्षमता बिकासका लागि आवश्यक पहल कदमी गर्ने, पढ्दै,सिक्दै कमाउदै कार्यक्रममा बिध्यालयसङ्ग आवश्यक समन्वय,सहयोग गर्ने !
२) मेरो गाउँ स्वच्छ ठाउँ अभियानको रुपमा लिइ प्रभावकारि कार्यान्वयनमा लाग्ने ! घरघर करेसाबारी अभियानको रुपमा कार्यान्वयन गर्ने, नमुना वडा हाम्रो अभियानलाई आ–आफ्नो ठाउँबाट सहयोगका लागि आवश्यक मापदण्ड बनाई कार्यान्वयनमा लग्ने !
३) समाजमा रहेका बिकृती,कुरितिको अन्त्य र लागू औसध, जाडरक्सिको बढ्दो प्रयोगलाई दुरुत्साहन गर्दै यसको न्यूनीकरणमा आवश्यक कदम चाल्ने !
४) मेरो वडा म बनाउछु – नारालाई मुर्तरुप दिन आवश्यक योजना बनाउने ! आकस्मिक कोस ( महामारी, आपतबिपतका लागि पुर्व तयारी) स्थापना गर्ने !
५) पुराना कला,सीप ब्यबसाय अपन्यायका समुदाय, दाजुभाइ को ब्यबसाय प्रवर्द्धनमा सहयोग गर्ने, एकघर एक उद्घम,हाल संचालित उद्धोग मिल,टर्माइन,ब्यबसायी,उध्धमिसंङ्ग हातेमालो गर्दै वडावासीसङ्ग वडासेवक कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्दै, ५ बर्षको कार्यकालभित्र एकघर एक उद्घम, स्वरोजगार बनाउने !
६) हरेक टोलमा साझाघर बनाउने ! सुचना, घटनाको जानकारी, बुढेसकालमा आनन्द जीवनका लागि मनोरञ्जन,टिभी ईन्टरनेटको साझाघरमा ब्यबस्था गरिनेछ ! बिबाह,पार्टी,तालिमहल लगाएत महामारी,आपतविपदमा पनि साझाघरलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिनेछ ! उक्त साझाघर रेखदेख, संचालन, ब्यबस्थापनका लागि हरेक टोलमा एक एक जना सहजकर्ता राख्ने !
७) खोला किनार,सडक छेउछाउ,खाली जग्गामा बृक्षारोण गर्ने,ब्यक्तिगत जग्गा भित्र कम्तिमा एकसय बोट रोप्ने ब्यक्तिलाई प्रोत्साहन गर्ने, फलफुल खेतीमा लागेका किसानलाई आवश्यक सहयोग गर्ने !
८) कृषक समूह,सहकारी मार्फत आत्मनिर्भर कार्यक्रम सन्चालन,संस्थागत बिकासमा सहयोग ! उत्कृष्ट कृषकलाई सम्मान तथा प्रोत्साहन भत्ताको ब्यबस्था गर्ने ! सीप सिकाइ प्रबिधि,मेसिन हस्तान्तरण, हरेक टोलमा एक थ्रेसर, एक हाते ट्याक्टर कृषक समुहको जिम्मामा दिइनेछ !
९) नियमित रुपमा वडाको पहलमा लोकसेवा तयारी कक्षा संचालन गर्ने ! बाहिर बसेर तयारीमा लागेकाहरुलाइ प्रोत्साहन गर्ने !
१०) बिपन्न घरपरिवारमा ग्यासचुलो,पानी ड्रम,फिल्टर, बिद्धुत चुलोको प्रयोगमा जोड,बिजुली बत्तिको बिलमा आवश्यक सहयोग गर्ने !
११) सिचाइका देवल जिउलाका तिनै नहर स्थायिरुपमा सुचारु ,स्तोरन्नतिमा जोड दिने ! देवल जिउलो पुर्ण रुपमा घेरबार,तिनबाली खेतिको बिकासमा जोड दिने !
१२) देवलको चैतलि मेलालाई सप्ताह रुपमा मनाउने !
१३) सुसासनमा जोड, आर्थिक मितब्ययिता कायम गर्ने ! वडा अध्यक्ष हुनु अघि र ५ बर्स कार्यकाल सक्किएपछि पनि आफ्नो सम्पत्ति विवरण वडाबासिलाई बुझाउने ! वडाभित्रका हरेक योजनामा बृहत छलफल,अनुगमन,सार्वजनिक सुनुवाइ मा सरोकारवाला सबैको अनिवार्य उपस्थिति गराउने !
१४) सबै वडावासिको अनिवार्य स्वास्थ्य बिमा हुनेछ ! जिल्ला अस्पताल सिमखेत बझाङसङ्ग आवश्यक समन्वय गर्ने !
१५) सिमखेत बजार ब्यबस्थापन र ढल निकासको आवश्यक ब्यबस्थापन गर्ने ! सबै,पसल,ब्यबसायी,उद्धमिलाई अनिवार्य करको दायरामा ल्याउने ! जथाभावी ढुङ्गा,बालुवा,गिट्टी उत्खननमा रोक र अनिवार्य कर भित्र ल्याउने !
१६) खानेपानीका पुराना मुहान,मर्मत संरक्षण गर्ने ! सबै वडावासिलाई सफा पानी पिउने ब्यबस्था गर्ने !
१७) सामुदायिक बनहरुको संरक्षण,बृक्षारोपणम जोड दिने ! वन समितिको नियमित बचत कोशको ब्यबस्थापन, संचालन तथा सहयोग गर्ने !
१८) हरेक टोलमा टोल सुधार समिति बनाइ योजनातर्जुमा लगाएत मेलमिलापको जिम्मेवारी दिने ! वडा भित्र रहेका सामुदायिक भवनहरुको मर्मतसम्भार र प्रयोगमा ल्याउने !
१९) चौड देखि जाग्रीबाडा टोलसम्म सडक बत्तीको ब्यबस्था गर्ने ! सिमखेत,चौड सडकमा जथाभावी यातायातका साधन पार्किङमा रोक लगाइ बजार ब्यबस्थित र सडक यात्रुलाई सहज बनाउने !
२०) वडामा बौद्धिक समूह( तजष्लप तबलप ) गठन गरि, हरेक बिकासका नीतिनिर्माण,योजना तर्जुमामा सहयोग माग्ने !
२१) मठमन्दिरको मर्मत,संरक्षण,प्रबर्द्धनमा जोड दिदै गाउघरका पुराना कला सस्कृतिको जगेर्नामा ठोस योजना बनाउने !
२२) हरेक टोलमा किशोरी संजाल गठन गरि, तालिम, प्रशिक्षणका माध्यमबाट समतामूलक समाज निर्माणमा परिचालन गर्ने !
२३) वडा कार्यालयको रोहवरमा कपडा बैंक स्थापना गर्ने !
२४) निर्माणाधीन सिमखेत खेलमैदानलाई पुर्णता दिने,थप फुटबल,क्रिकेट खेल्ने मैदान निर्माणका लागि पहल गर्दै खेलकुदका गतिविधि संचालन,आयोजना र उत्कृष्ट खेलाडीहरुलाइ प्रोत्साहन गर्ने !
२५) वन समितिसंग परामर्श गरि रानिबनलाई पर्यटकिय स्थलका रुपमा बिकसित गर्ने !
२६) साइपाल बिकास समाज र प्रगतिशील युवा समाजको संस्थागत बिकासमा जोड दिने ! जालपादेबि युवा क्लब र वेस्ट सेति क्लवको क्षमता बिकासमा सहयोग गर्ने !
२७) ठुला आयोजना (पालिका,प्रदेश,केन्द्रमा पहल गर्ने) र निम्न योजनाहरु निमार्ण गर्ने
– खेलमैदान निर्माण !
– वडा कार्यालयको नयाँ भवन निर्माण !
– पिपल बोट देखि धौलाबगर सम्म सडक बिस्तार तथा स्तरोन्नति !
– खोलाहरुको तटबन्ध तथा निकास !
– चौड,बाहुलिगाड सिमखेत देखि धौलाबगरसम्म तटबन्धन !