रिदम सिंह, बैशाख १६ बझाङ । जयपृथ्वी नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका सुरतबहादुर सिंहले आफ्नो प्रविद्धताहरु सार्वजनिक गरेका छन् । उनले उही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएपछी नगरपालिकामा आफु निर्वाचि भएपछि गर्ने काम र स्थानीयहरुको जनजिविकाका विषयसँग सम्बन्धित प्रतिवद्धताहरु सार्वजनिक गरेका हुन् ।
पूर्व गाविस अध्यक्षको अनुभव समेत बटुलेका सिंहले आफ्नो पालिकामा नगरपालिकालाई समृद्ध नगरपालिका बनाउने बताएका छन् । ‘यो मेरो नगरपालिका हो । यहाँका सवै नागरिक मेरा आफन्त र सुभचिन्तक हुन् । त्यस कारण मैले जयपृथ्व नगरपालिकाको विकासका लागी तन, मन र वचनले काम गर्नु छ,’ सिंहले भने ‘हामीले फलानोले केही गरेन, भएन भन्न मात्र जानेका छौ । हामीले चुनेर पठाएको नेतृत्वलाई हामीले प्रश्न गर्न सक्नु पर्छ ? हाम्रो जनप्रतिनिधीले हाम्रो काम गदैन् भने हामील चुप लागेर बस्ने अवस्था आउन दिन हुदैन् ।’
‘जयपृथ्वी नगरपालिका वनाउनका लागी हामी सवैको उत्तिकै जिम्मेवारी छ । हामीले नेतृत्वलाई सही चुनेनौ र समयमा नै खवरदारी गर्न सकेनौ भने त्यसले भोली दुर्घटना निम्त्याउँछ,’ नेकपा एमालेवाट जयपृथ्वी नगरपालिकाको मेयरका उम्मेदवार सुरतबहादुर सिंहले भने ‘जनताको मत माथी मैले कहिल्यै पनि हुर्मत खेल्ने छैन् । जयपृथ्वी नगरपालिका सफल र समृद्ध नगर बन्न सके मात्रै म सफल हुन्छु । त्यस कारण मैले यस पटक उम्मेदवारी दिएको हो ।’
‘म सम्मान लिन सम्पती जोड्न जनप्रतिनिधी बनेको होइन्, सम्पुर्ण नगरवासी सम्मानित वनाउन र सबै नगरवासीको झन्झट रहित जीवन बनाउने संकल्पका साथ मेयरको उम्मेदवार बनेको हुँ । समस्या संगै जुझेको, हरेक पिडाहरु नजिकबाट भोगेको, समाज संचालन प्रक्रियामा संलग्न भएर विवाद रहित काम गरेको छु,’ उनले भने ‘ चुनावको बेला मत माग्दै गर्दा लोभ लालच देखाउने, पैसाको रवाफ देखाउने, रोजगारी बाड्दै हिड्ने मबाट हुदैन् । मैले काम गरेर देखाउनु छ । यस कारण जयपृथ्वीको मेयरमा जउपृथ्वीवासीले मलाई विशवास गर्नु हुनेछ, भन्ने विश्वास मैले लिएको छु ।’
सिंहले आफु जयपृथ्वी नगरपालिकाको उम्मेदवार बनेको र जनताको मतबाट नगरप्रमुखमा विजयी भएको खण्डमा नगरपालिकालाई समृद्ध नगर वनाउने संकल्प समेत व्यक्त गरेका छन् । सिंहले अघि सारेका संकल्पहरुः
१. यातायातः
किम्तोला–छयाला–धम्नाउ सडक खण्ड, सिमखेत–पैयातोला–जोशीगाँउ–ग्वानी सडक खण्ड, पिपलबोट–एअरपोर्ट–सुबेडा हुदै लाम्पाटा सडक, सिमखेत सेलाखेत हुदै बारिल सडक, चैनपुर–मयाना हुदै सुइल सडक, सुनिगाड–बारिल सडक, चैनपुर–खेइरा–पाडेसैन हुदै कुँचा सडक, चैनपुर बजार क्षेत्रका शाखा सडक, पानकोट देखि सुतिया सडक, पानकोट–हेमन्तवाडा–कैलाश देखि पुगर सडक हरुका स्तरोन्नती गरी बाह्रै महिना २४ सै घण्टा यातायातका साधन चल्ने बनाईने छ ।
प्रत्येक वडा र वस्तिका भित्री गोरेटा, घोरेटा बाटाहरु, वनजङ्गल, पानी घट्ट, खेतवारी, एक टोलबाट अर्को टालेमा जाने बाटाहरुलाई सुधारेर सहजकताका साथ हिडडुल गर्न सकिने बनाइने छ ।
२. बिद्युतः
बत्ति नपुगेका वस्तिहरुमा ३ वर्षभित्र उज्यालो बनाईने छ । प्रत्येक गाउँमा ३ फेजको विद्युत वितरण गरिने छ । विद्युतलाई उज्यालो संगसंगै उत्पादनमुलक र उद्योग धन्दामा प्रयोग गर्न लगाउने व्यवसथा गरिने छ । सडक बत्तीको विस्तारका साथ बायोग्याँस, गोबरग्याँस, प्लान्टकट कार्यक्रम लागु गरिने छ ।
नगरपालिकाको बजार क्षेत्र र समथर स्थानमा भुमिगत तार लाइन तानेर र थोरै स्थानमा खम्बा गाडेर बजारको सौन्दर्य कायम गराउन तर्फ पहल गरिने छ । सोलार सिस्टमलाई पनि जोड दिइने छ ।
३ खानेपानी, सरसफाई तथा स्वच्छताः
माथिल्लो भु–भागमा पानी पोखरी स्थापना गरी पानीको संरक्षण एवं् पानी रिचार्ज पोखरी निर्माण गरिने छ । पानीका मुहानका खोजी गरी संरक्षणका साथ उपयोग गरिने छन् । जनसहभागिता र नगरपालिकाको सहभागितामा नगरभरी एक घर एक धाराको व्यवस्था गरिने छ । प्रत्येक घरमा च्याङ्ग जुठयान, शौचालय, सुधारिएको चुलो, करेसावरी निर्माणको अभियान संचालन गरिने छ ।
बजार क्षेत्र र सार्वजनिक क्षेत्रमा टोल–वस्ति सुधार समिति बनाई ससफाईको साझेदारी योजना तयार गरी सरसफाईमा जोड दिईने छ । सार्वजनिक क्षेत्र, विद्यालय, कार्यालय क्षेत्रमा खानेपानीको व्यवस्था र शौचालयको व्यवस्था गरिने छ । नदी क्षेत्रको सरसफाईमा ध्यान दिइने छ ।
४. सिचाईः
संघिय सरकार र प्रदेश सरकारसंग समन्वय गरी सिचाँई कुलो, नहर यस पालिका अन्र्तगतका सुबेडा, देवल, खेइरा, भोपुर, चैनपुर, गोलाई, लुयाटा, पडेश क्षेत्रमा निर्माण गरिनेछन् । पाखोवारी तथा भिरालो जमिन धेरै भएको स्थानमा साना सिचाई कुलामा पनि लगानी गरिने छ । एक टोल एक सिचाई पानी पोखरी बनाएर सिचाँईको ब्यवस्था मिलाईने छ ।
५. शिक्षाः
प्रत्येक विद्यालयलाई शिक्षक, अभिभावक, विद्यार्थी र जनप्रतिनिधिहरुको सहभागितामा विद्यालय सुधार योजना निर्माण गराउन लगाई सोहि योजनामा टेकेर भौतिक शैक्षिक सुधार गरिने छ । अनाथ, टुहुरा, फरक क्षमता भएका र अति विपन्न परिवारका बालबालिकालाई प्रति वडाका ५ जना छात्र÷छात्राहरुका लागि माद्यामिक तहसम्मको शिक्षा उपलब्ध गराउने, आबश्यक खर्च नगरपालिकाबाट ब्यहोर्ने कार्यविधि बनाई लागु गरिने छ । शिक्षकहरुका लागि विषयगत तालिम, पुरष्कारकाको व्यवस्था, विद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलाप, अभिभावकसंग समन्वयात्मक बैठक अन्र्तक्रिया कार्यक्रम गरिने छन् ।
कक्षा १ देखि ५ सम्म अध्ययन गराउने गरी हाम्रो सस्कृति कला र सामाजिक दायित्व विषयक पाठ्यपुस्तक तयार गरी विद्यार्थीहरुलाई नैतिकवान बनाउनमा पहल गरिने छ । प्रत्येक वडामा सिकाई केन्द्रको स्थापना गरी एक जना सहजकर्ताको व्यवस्था गरी हरेक पक्षलाई सिकाईदेखि सिप विकास तालिम, व्यवसायिक तालिम सम्म सोही केन्द्रवाट प्रशिक्षकको व्यवस्था मिलाई संचालन गरिने छन् ।
६. स्वास्थ्यः
प्रत्येक वडाका स्वास्थ्य चौकि र सेवा केन्द्रलाई श्रोत, साधन, जनशक्ति र भौतिक संरचनाको व्यवस्था गरिने छ । गाउँघर क्लिनिक नियमित गरी क्लिनिकका संरचना बनाई सामान्य सुबिधा साप्ताहिक रुपमा सोहि स्थानबाट प्राप्त गरिने व्यवस्था गरिने छ । विभिन्न रोगका उपचार शिविर प्रत्येक वर्ष नगरले व्यवस्था गर्ने छ । जिल्ला अस्पताल पनि यसै नगरपालिका भित्र परेकोले उक्त अस्पतालको सुधारको लागि हातेमालो गरिने छ ।
७. वन तथा वातावरणः
जयपृथ्वी नगरापलिका क्षेत्रभित्रको वन क्षेत्रको सर्वेक्षण गराई यर्थात विवरण तयार गरेर संरक्षण, सम्बद्र्धन र सदुपयोगको कार्ययोजना निर्माण गर्न लगानी गरेर वन वातावरणको संरक्षण गरिने छ । सामुदायिक वनको सञ्जाल मार्फत सामुदायिक वन उपभोक्ता समितिलाई नियमित गरेर नगरपालिकाको निगरानीमा राखिने छ ।
सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुका लागि र उपभोक्ताहरका लागि तालिमको व्यवस्था गरेर संस्थागत विकास गरी वन व्यवस्थापन गरिने छ ।
८. पर्यटन तथा सस्कृति संरक्षणः
चुलिटिका, ठिलपुगा, देविस्थान, सिद्धमनना, बारिल झरना, गोरे पाटन, ऋषि कुण्ड, कैलाश गुफाको अध्ययन गरी यी क्षेत्रको गुरु योजना बनाई पुर्वाधार निर्माण गरी पर्यटकिय आकर्षण स्थान बनाईने छ । उक्त क्षेत्रको वृतचित्र तयार पारी व्यापक रुपमा प्रचार प्रसार गरिने छ ।
नगरक्षेत्र भित्र जयपृथ्वी संग्रालय तथा अध्ययन केन्द्रको स्थापना गरी जयपृथ्वी बहादुर सिंहका लेख रचनादेखि उहाँको वृतचित्र तयार गरी राखिने छ । सोहि भवनमा बझाङ्गका परम्परागत रुपमा प्रयोग भएका वस्तुहरु र हाल पाईने विभिन्न वस्तुहरु राखिने छन् । बझाङ्गका कला, सस्कृतिका वृतचित्र राखी अध्ययन सामग्री राखिने छन ।
नगरक्षेत्र भित्र रहेका मठमन्दिरको विवरण तयार गरी त्यसको इतिहास बिशेषताको विवरण तयार गरिने छ । प्रत्येक मन्दिरको लागि चाहिने सामग्री एक पटक उपलब्ध गरिने छ, भने हितकोषको व्यवस्था गरि सो को ब्याजवाट वार्षिक पुजाको व्यवस्था गर्ने अवस्था सृजना गरिने छ । जयपृथ्वी नगरपालिका भित्रको कला सस्कृतिको पहिचान गरी विवरण तयार गरी यसको प्रचार प्रसार गरिने छ ।
९.उद्यम विकास आयआर्जनः
एक टोल एक उद्यमको स्थापना गरी नगरवासीलाई आयआर्जनमा जोडिने छ । उद्यमशिलता तालिम हुदै सीप विकास तालिम दिएर तालिम प्राप्त व्यक्तिलाई वस्तुगत टेवा बीउ पुँजी उपलब्ध गराई आयआर्जनमा प्रतिवर्ष प्रतिवडा ५ जनालाई जोडिने छ । वनश्रोतमा आधारित, कृषिमा आधारित, पशुपंक्षि पालन व्यवसायमा लगानी लगाएर समुह मार्फत नगरवासीलाई आयआर्जनमा जोडिने छ ।
१०. कृषिः
सबैभन्दा पहिला खाद्यान्न वालीमा गहु, धान, मकै, कोदो उत्पादन क्षेत्र, फलफुल अन्र्तगत स्याउ, ओखर, अमिलो जातका बोट, अंगुर, किवी आदी क्षेत्र, तरकारी खेती क्षेत्र, पशुपालन अन्र्तगत भैसीपालन, बाख्रापालन, बंगुरपालन, गाईपालन, मौरीपालन, कुखुरापलन क्षेत्रको पहिचान गरी पकेट क्षेत्र तय गरिने छन् ।
अन्नवाली, तरकारी, फलफुल, पशुपालन अन्र्तगत कुन वालीको पकेट क्षेत्रभित्र पर्दछ सोहि ठाउँमा समुह वनाई तालिम सहित बीउ विजनका साथ आधुनिक प्रविधि सम्बन्धी जानकारी गराएर किसानहरुलाई व्यवसायी बनाउने । उत्पादित वस्तुको बजारको खोजी गरी किसानलाई बजारसंग जोडिने छ ।
उन्नत बीउ, मल, कृषि औजारको व्यवस्था गरिने छ । परम्परागत वाली उत्पादन र संरक्षण क्षेत्र तोकेर किसानलाई कार्ड दिएर किसानको सरक्षण गरिने छ । प्राङ्गगारिक मल उत्पादन, घाँस उत्पादन, दाना उत्पादन गरी उद्यममा किसान जोड्ने काम गरिने छ । नगरपालिका भित्र छ वटा बहुउद्धेशिय नर्सरी बनाई आबश्यक फलफुल,घाँस, तरकारीका वेर्ना र वोट उत्पादन गरी व्यवसायी वनाईने छन् ।
११. सामाजिक सुरक्षा एवंम् समावेशिकरण र लैङ्गिक समानताः
नगरस्तरिय ११ सदस्यीय ज्येष्ठ नागरिक सञ्जाल, युवा सञ्जाल, महिला सञ्जाल, दलित सञ्जाल, अपाङ्ग सञ्जाल, बाल बालिका सञ्जाल, किशोर किशोरी सञ्जाल, शिक्षक सञ्जाल, अभिभावक सञ्जाल, सा.व.उ.स. सञ्जाल, कृषक सञ्जाल, सहकारी सञ्जाल, पर्यटन सस्कृति विकास सञ्जाल, खेलकुद सञ्जाल, उपभोक्ता समिति सञ्जाल, बुद्धिजिवि समाज सेवी सञ्जाल गठन गरी प्रत्येक वर्गबाट १÷१ जना प्रतिनिधि रहने गरी सञ्जाल गठन गरिने छन् । जुन सञ्जालमा जुन व्यक्ति नगरस्तरिय सञ्जालमा रहेको सदस्य वडाको संयोजक रहने छन् । प्रत्येक वडामा ९ सदस्यीय सञ्जाल गठन गरिने छन । यसको लागि कार्यविधि बनाएर सञ्जाल गठन गरिने व्यवस्था मिलाईने छ ।
प्रत्येक सञ्जालको २ महिनामा १ पटक बैठक बसी समिक्षा गरिने छ र सो बैठक बसेको खर्च नगरपालिकाले व्यहोर्ने छ । वडा र नगरको योजना निर्माण गर्दा, कार्यान्वयन गर्दा र संरक्षण गर्दा सञ्जालको सहकार्यमा गरिने छ ।
१२. सुशासन र सामाजिक सद्भावः
नगरपालिकाको प्रोफायल तयार गरिने छ । नगरपालिकाको गुरु योजना÷अध्यावधिक योजना निर्माण गरिने छन् । ११ वटै वडामा नगरपालिकाका प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, विषयगत शाखाका प्रमुख, विषयगत समितिका संयोजक सहितको संयुक्त टिम उपस्थित भएर २ दिनसम्म वडाको पञ्चवर्षिय योजना तयार गरी सबै ११ वटै वडाका सम्पुर्ण योजनालाई योजना बैंकमा राखी बिशेष परिस्थिती बाहेक सोही योजनाबाट प्राथमिकरण तोकेको आधारमा कार्यान्वयन गरिने छन् ।
वर्षको २ पटक योजना तर्जुमा हुनुभन्दा अगाडी वा नगरसभा हुनुभन्दा अगाडी १ पटक, काम सम्पन्न भइसके पछि श्रावणतिर १ पटक सम्पुर्ण नगरटिम वडास्तरमा गएर प्रत्येक घरको १ जना सदस्य उपस्थित गराएर पहिलो पटक नगरको बजेटको प्रकृति, आकार र खर्च गर्न सकिने क्षेत्रको जानकारी गर्ने र दोस्रो पटक भए गरेका कार्यको सार्वजनिक सुनुवाई गर्ने र उत्कृष्ट उपभोक्तालाई पुरुस्कृत गर्ने र योजनाको निरन्तरता, मर्मत सम्भारको व्यवस्थापनको जिम्मेवारी दिने कार्यक्रम गरिने छन् ।
नगरपालिकाले गरेका कामहरुको बारेमा एफ.एम.मार्फत प्रसारण, वेवसाइडमा राख्ने काम, बुलेटिन प्रसारण गर्ने, सार्वजनिक स्थलमा सुचना टाँस सहित सामाजिक परिक्षण, सार्वजनिक सुनुवाई, जनलेखा परिक्षण, समिक्षा द्धारा पारदर्शि ढंगबाट काम कारवाहि गरिने छन् । जनताका दैनिक काम, गुनासो सुनुवाई, न्याय सम्बन्धी काम जस्ता कार्यहरु समय भित्र नै गरिने छन् । अनुगमनमा नगरको टिम जाँदा योजना स्थल, अनुगमनकर्ता र उपभोक्ता नगरपालिकाको अनलाईनमा जोडेर कार्यालय बाटै जोडेर त्यहाँको अवस्था हेर्ने व्यवस्था गरिने छ ।
जनप्रतिनिधि र कर्मचारीलाई आ–आफ्नो क्षेत्रमा दक्ष बनाउन तालिमको व्यवस्था गरिने छ । सामाजिक सद्भावलाई कायम राख्न हाम्रो समाजमा रहेका कुलत, कु–ससकृति र रुढिवादी सोचँको पत्ता लगाएर हटाउने अभियान सन्चालन गरिने छन् । सामाजिक एकतामा जोड दिईने छ । मेरो नगरपालिका म बनाउछु भन्ने अभियान चलाईने छ ।
सकारात्मक सोच सम्बन्धी तालिम, योगा, शिविर, ध्यान शिविर, प्रगतिशिल आध्यात्मिक शास्त्रका ज्ञानगुनका कुरा सम्बन्धी अन्र्तक्रिया, कानुनी साक्षरता कक्षा संचालन, मेलमिलाप केन्द्रको स्थापना र व्यवस्थापन, व्यवसायमा वा काममा व्यस्तता गर्ने नीति लिईने छ । नगरको विकासमा र गौरव बढाउने सष्ट्रा व्यक्तिहरुको सम्मान गरिने छ ।