साइपालखवर, बझाङ । नेकपा एमालेका तर्फबाट जयपृथ्वी नगरपालिका वडानम्बर ७ को वडाअध्यक्ष पदका उम्मेदवार अमीत महरले समृद्ध वडाको सपना पुरा गर्न कटिबद्ध रहेको बताएका छन् । विहिबार जयपृथ्वी नगरपालिका ७ धउनाउ टाेलमा गरदैलाे कार्यत्रममा बाेल्दै महरले आउँदो ५ वर्षमा वडानम्बर ७ लाई समृद्ध वडा बनाउने दाबी गरेका हुन् । ‘नेकपा एमालेको उद्धेश्य र भिजन अरुको भन्दा फरक छ ।’, महरले भने, ‘हामी जे बोल्छौँ त्यो पुरा गरेर छोड्छौँ ।’ आसन्न स्थानीय तहको चुनावमा आफ्नो जित सुनिश्चित भएको बताउँदै महरले वडाबासीको साथ पाए जयपृथ्वी नगरपालिका वडानम्बर ७ को विकासमा कायापलट हुने दाबी गरेका छन् । त्यस्तै उनले आउँदो निर्वाचनमा जयपृथ्वी नगरपालिकाका सम्पुर्ण नेकपा (एमाले) का उम्मेदवारलाई जिताउन समेत आग्रह गरे । साथै महरले वडा विकासकाे लागि १६ बुदे प्रतिवदता पत्र समेत सार्वजनिक गरेका छन् ।
प्रतिवद्वता
१.एक टोल एक विकास निर्माण र कृर्षक समुह कार्यक्रम संचालन गरिने, उक्त कार्यक्रममा व्यापक जनसहभागिता गराइने, वडाबाट प्राविधिक भौतिक व्यवस्थापनका साथै तरकारीमा आत्मनिर्भर वडा बनाइने छ ।
२.धौलाबगर पहिरो देखि सिस्या सम्म अनिवार्यरुपमा आरसिसि वालको यथाशिघ्र पहल गरिनुका साथै वडाका सम्पुर्ण क्षेत्रमा सिंचाइको उचित व्यवस्था गरिने छ ।
३.वडा भित्र रहेका विभिन्न भुक्षय, बाढी पहिरो हुने ठाउँहरुमा बार्षिक सय देखि हजार बोट वृक्षारोपण गरिने र वातावरण संरक्षणका निम्ति दाउराको सट्टा विधुतिय चुलो तथा उपकरण प्रयोगमा प्रोत्साहान गरिने छ ।
४. एकल पुरुषलाई वडाबाट मासिक रुपमा उचित भत्ताको व्यवस्था गरिने छ ।
५.टोलटोलमा खानेपानी,सडक, विजुल्लीको उचित व्यवस्था गरिने छ ।
६.वडाभित्र रहेका विभिन्न क्षेत्रको माटो परिक्षण गरी जलबायु सुहाउँदो उत्पादन बढाउन विशेष ध्यान दिइनेछ ।
७.वडास्तरमा उचित खेलमैदान र युवाहरुलाई कबड हलको व्यवस्था गरिनुका साथै योगहलको व्यवस्था गरिइने छ ।
८.सामाजिक क्षेत्रमा हुने विविध विकास निर्माणका कार्यहरुमा अधिकतम जनसहभागिता गर्दै सामाजिक उतरदायित्व बोध गराइ हाम्रो टोल हामी बनाउछु भन्ने कार्यक्रम अगाढी बढाइने छ ।
९.वडाभित्रका विभिन्न पर्यटकीय सम्पदाहरुको पहिचान गरि जिर्णरुपमा रहेका सम्पदाहरुलाई सुधार गरी प्रचारप्रसार तथा संरक्षणमा विशेष ध्यान दिदै आन्तरिक पर्यटकलाई बढावा दिइनेछ ।
१०. वडाभित्र रहेका हलियाका जेहेन्दार बालबालिकाहरुलाई स्तरउन्नतिका लागि विशेष छात्रवृर्तिको व्यवस्था गरिने छ ।
११.वडाभित्र रहेका आधारभुत विध्यालयमा अङ्ग्रेजी माध्यामबाट पठनपाठन हुने व्यवस्था गरिनुका साथै सम्पुर्ण विध्यालयको आवश्यकता अनुरुप स्तरउन्नति गर्दै सुनिपिपल उमाविमा स्नातक सम्मको कक्षा संचालनका निमित विशेष पहल गरिइने छ । स्कुलबसको लागि विशेष ध्यान दिइने छ
१२वडा भित्र रहेका स्वास्थ्य केन्द्रको उचित किसिमको स्तरउन्नती गरी निशुल्क एम्बुलेन्सको व्यवस्था गरिने छ ।
१३.नगरपालिका,प्रदेश तथा केन्द्रबाट आउने सबै खालका योजनाहरुमा सम्वन्धीत सम्पुर्ण उपभोक्ताहरुलाई व्यापक जन सहभागिता गराएर वितरण गरिने र आर्थिक कृयाकलापहरुको बार्षिक सार्वजनिक सुनुवाइ गर्ने एवंम सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित गरिने छ।
१४.दलित महिला विपन्न र फरक क्षमता भएका बालबालिकाहरुका लागि गहिरो अध्यन गरेर यसको व्यवस्थापनका लागि विशेष जोड दिइने छ ।
१५.हरेका टोलमा खानेपानी,सडक र विजुलीको लागि वडास्तरबाट विशेष ध्यान दिइने छ ।
१६.आवश्यक र सार्वजनिक संस्थाहरुमा फ्रिवाइफाइको व्यवस्थाका साथै वडाभरी संचारको स्तरउन्नतीका लागि पहल गरिने ।