बझाङ – बझाङको बुंगल नगरपालिकामा नेकपा (एमाले)को जित सुनिश्चित भएको नगरपालिकाका नगरप्रमुख पदकी उम्मेदवार धनदेवी कुँवरले बताएकी छन् । चुनावी प्रचारप्रसारमा रहेकी कुँवरले एमालेप्रतिको जनलहरले नै चुनावी यात्रालाई जितको नजिक लगेको दाबी गरेकी हुन् ।
हालसम्म नगरपालिकाका धेरै जसाे वडाहरुमा प्रचारप्रसार अभियान सकेको कुँवरले बताइन् । उनले भनिन्, ‘हामी अझैपनि जनतामाझ मै छौँ । पुरानो नेतृत्वप्रति आम नागरिकको तिक्तता नै जितको पहिलो आधार हो ।’
त्यस्तै कुँवरले आफ्नो जित निश्चित रहेको बताउँदै आउँदो ५ वर्षिय कार्यकालमा समृद्ध नगरको सपनालाई पुरा गर्न कटिबद्ध रहने समेत प्रतिबद्धता व्यक्त गरेकी छन् । ‘यसपालीको निर्वाचनमा यो क्षेत्रमा गाडिएको नेपाली कांग्रेसको किल्ला कुनैपनि हालतमा तोड्छौँ ।
बुंगल नगरपालिकामा नगर उपप्रमुख पदमा नेकपा (एमाले)का तर्फबाट अमरराज जाेशीले उम्मेदवारी दिएका छन् ।