बझाङ – नागरिकका दुखसुखमा साथ दिने नेतृत्व नागरिकले चाहेकोले युवा तथा महिला नेतृको पक्षमा माहोल बढेको छ । कसलाई मत हाल्ने भन्ने बारेमा अहिले स्थानीय मतदाताहरु छलफल गरिरहेकाछन् । दलहरू आफ्नो उम्मेदवारले जित्छन् कि जित्दैनन् भन्ने अंकगणित गरिरहेका छन् ।
उम्मेदवारहरु जसरी पनि जीत निकाल्ने दाउमा छन् । अघिल्ला चुुनावहरूमा हाम्रालाई जिताउनु पर्छ र उम्मेदवार बनाउनुपर्छ भन्ने मतदाताहरू अहिले आफ्नालाई होइन राम्रा र केही गर्न सक्ने खालको नेतृत्व ल्याउनुपर्छ भन्नेमा केन्द्रित देखिएका छन् ।
नेकपा एमालेका तर्फबाट जयपृथ्वी नगपालिका–१ मा युवा नेतृ अस्मिता शाही (सिंह) वडाध्यक्षको उम्मेदवार बनेपछि उनको चतर्फी चर्चा भइरहेको छ । पढेलेखेको महिला उम्मेदवार बनेपछि अस्मितालाई मतदाताहरुको साथ देखिएको छ ।
अस्मिता जयपृथ्वी नगरपालिका भित्र वडा अध्यक्ष पदकी १ मात्र महिला उम्मेद्वार हुन । अन्य वडामा महिलाहरू वडाअध्यक्षको उम्मेद्वार बनेकि छैनन् । स्थानीय निर्वाचनमा युवाहरूको मोह देशब्यापी रूपमा देखिएसँगै लामो समय संघ संस्थामा रहि समाजसेवामा सक्रिय अस्मिताको उम्मेदवारीसँगै मतदाताहरु उनका पक्षमा खुलेरै साथ दिन थालेका छन् ।
मष्टा गाउँपालिका सँगै सिमाना जोडिएको जयपृथ्वी नगरपालिका–१ कैलाशमा देविजङ्ग बहादुर सिंह गठबन्धनबाट वडा अध्यक्षको उम्मेदवार बनेका छन भने, स्वतन्त्रबाट डम्बर बहादुर सिंह वडाअध्यक्षका उम्मेदवार बनेका छन् । तर जनता भने गठबन्धनले स्थानियतह निर्वाचनमा महिलालाई उपेक्षित पारेपछि महिला, बृद्वबृद्वा र युवाहरूले कैलाशमा अस्मिताको विकल्प नभएको बताउँछन् ।
मतदाताहरु भन्छन्, ‘नाताले हाम्रो मान्छेलाई होइन, राम्रो मान्छेलाई नेतृत्वमा ल्याउनुपर्छ । नागरिकका दुखसुखमा साथ दिने नेतृत्व नागरिकले चाहेकोले युवा तथा महिला नेतृको पक्षमा माहोल बढेको छ । विकास निर्माणमा चासो राख्ने र नागरिकका दुखसुखमा साथ दिने नेतृत्व खोज्नुपर्छ । त्यसैले पनि युवा तथा महिला नेतृ अस्मिताको विकल्प छैन ।’
वडा अध्यक्षका उम्मेदवार अस्मिताले आफूलाई मतदान गर्न आग्रह गर्दै वडाध्यक्ष पदको गरिमा र औचित्यता पुष्टि हुने गरी वडामा न्याय, शुसासन, स्वच्छ, निश्पक्ष र पारदर्शी सेवा प्रवाहलाई जोड दिने बताउँदै भनेकी छन्, ‘वडाको विकास निर्माण र समृद्धिमा मेरो अर्जुन दृष्टि रहनेछ । मैले विश्वविद्यालयमा आर्जन गरेको ज्ञान सामाजिक व्यवहारमा लागु गर्नेछु ।’
साथै उनले भनिन्, झहाम्रो देश नेपाल विश्व परिवेशलाई पछ्याउदै विकासशिल देश बन्ने दौडमा छ । बझाङ जिल्ला भित्र कै कतिपय ठाउँहरु इमान्दार नेतृत्व, परिश्रमी स्थानिय र पारर्दर्शी अभ्यासका कारण विकास पुर्वाधार, कृषि, पशुपालन, पर्यटन आदीको क्षेत्रमा नमुना हुने बाटोमा अघि बढी सकेका छन ।
जल, जंगल, जडिबुटी, पर्यटन, उद्योग जस्ता क्षेत्रमा प्रसस्त सम्भावना हुँदा हुदै पनि वडा अझै विकासको मुल प्रवाहमा समेटिन नसकेको बताएकी छन् । झहामी अभाव, गरिवी, सिंचाई खानेपानी, विद्युत जस्ता पुर्वाधारकै अभावमा जिवन गुर्जान बाध्य भएका छौ ।
गुणस्तरिय शिक्षाको अभाव, भ्रष्ट्राचार, राजनितिक, लैङिग, जातिय, क्षेत्रिय, भेगिय कुण्ठा, सहि व्यक्तीलाई विश्वास नगर्ने तर गलत व्यक्तीका चिल्ला कुरालाई पत्याउने सोझोपन जस्ता कारण यसमा जिम्मेवार रहेको बताउदै यतिहुँदा हुँदै पनि राजनिति कमाउने पेशा होइन, सेवा गर्ने अवसर हो भन्ने कुरा महसुस गरेको नेतृत्व, वडाबासीको दृढ संकल्प र एकता भएमा यस्ता प्रवृतिलाई चिरेर वडालाई जिल्ला कै विकसित, सृमद्ध र नमुना वडा बनाउने उनले दाबी गरेकी छन् ।
वडाको विकास र समृद्धीको सपना पुरा गर्ने इमान्दार प्रयास गर्नका लागि आफुले वडा अध्यक्षको पदमा उम्मेदवारी दिएको बताएकी छन् । साथै उनले आफू वडाअध्यक्षमा निर्वाचित भएपछी गर्ने कामहरू समेटेर १८ बुदे घोषणा पत्र समेत सार्वजनिक गरेकि छन् ।
यस्तो छ घोषणा पत्र
१.वडामा भएका बिभिन्न बेथीती तथा भ्रष्टचारलाई न्युनीकरण गर्ने ।
२. महिलाको आयआर्जन बढाउन सिप विकास गरी एक घर एक घरेलु उद्योगको कार्यक्रम लागु गरिने छ ।
३. वडा भित्र भएका प्रारम्भिक बालबिकास केन्द्र र आधारभुत विद्यालय तहमा अंग्रेजी माध्यमबाट निशुल्क शिक्षाको व्यवस्था गरिने छ । प्रत्येक बिद्यालयमा पुस्तकालय, विज्ञान, प्रयोगशाला, इन्टरनेट सहीतको कम्प्युटर ल्याबको स्थापना गरिने संचालनमा ल्याईने छ । नारायण माध्यमिक विद्यालयमा प्राबिधीक शिक्षाको पठन पाठन गर्ने व्यवस्थाको लागि पहल गरिने छ ।
४. स्वास्थ्य चौकीको पुर्वाधार र सेवालाई सुधार गरि विषेशज्ञ जनशक्तीबाट जटिल रोगको उपाचार पनि वडा मै हुने गरी स्वास्थ्य सेवा दिने ब्यस्वथा गरिने छ । एम्बुलेन्स सेवालाई प्रभावकारी बनाइनुका साथै प्रत्येक टोलमा घुम्ती स्वास्थ्य सेवा, बृद्धबृद्धा र अशक्तहरुलाई घर मै स्वास्थ्य परिक्षण तथा उपचारको प्रवन्ध मिलाइने छ ।
५.सम्पुर्ण बस्तीहरुमा सडक संजाल जोड्ने र पाँच बर्ष भित्र मुख्य सडकहरु पिच गरिने छ । चैनपुर, पानकोट, मोर्ताेली कैलाश सडक र राजकोट ,भण्डार ,चौका सडकखण्ड लाई छिमेकी मष्टा गाउँपालिका र खप्तड छान्ना गाँउपालिकाको सिमाना सम्म बिस्तार गरिने छ ।
६. खानेपानी नपुगेका वडाको समस्या २ बर्ष भित्र पुर्ण रुपमा समाधान गरिने छ । खानेपानी पुगेका वडामा थप ब्यबस्थित गर्दै एक घर एक धाराको अवधारणा लागु गरिने छ ।
७.कृषि क्षेत्रलाई आधुनिक र व्यवसायिक बनाईने छ । चौड्यान, बुडासिम, डाडलाई आलु, चोतो र फाँपरको पकेट क्षेत्र र च्युरी भण्डारलाई अमिलो, अलैची, अदुवा, कागती जस्ता फलफुल तथा बेमौसमी तरकारीको पकेट क्षेत्रको रुपमा बिकास गरिने छ ।
८. युवा लक्षीत कार्यक्रमहरुको संचालन गरि गाँउमानै रोजगारीको सृजना गरिने छ ।
९.भण्डार ज्युलो, पिमीज्युलो, तलिखेत लगायका क्षेत्रमा सिँचाइका लागि नियमीत रुपमा चल्ने नहरको ब्यबस्था गरी उत्पादन बृद्धीमा जोड दिईने छ । सिंचाई कुलो सम्भव नभएका तर खेती योग्य जग्गा भएका चिउरी, बबेनी, हमरसैन लगायत ठाउँमा बहुउदेश्यीय फर्मका लागी व्यवस्थापन गर्ने,
१०. सबै घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा विस्तार गरिने छ ।
११.स्थानीय कला, संस्कृती, मठ मन्दिरलाई संरक्षण गरिने छ ।
१२. कैलाश गुफालाई जिल्ला कै मुख्य पर्यटकीय क्षेत्रको रुपमा बिकास गरिने छ । भण्डारी पातललाई लालिगुराँस पर्यटन क्षेत्र, कैलास मन्दिर, पिमिडाँडालाई हिमाल दृष्यावलोकन क्षेत्र तथा पिकनिक स्पटको रुपमा विकास गर्नका लागि आवश्यक पुर्वाधार निर्माण गरिने छ ।
१३. वडामा जिल्ला स्तरका खेलहरु आयोजना गर्न सकिने खालको खेल मैदान निर्माण गर्ने र खेलाडीहरुको क्षमता विकास गर्नको लागि विभिन्न प्रतियोगिता र प्रशिक्षणको व्यवस्थाका लागि पहल गरिने छ ।
१४.कृषि तथा जडिबुटीमा आधारित उद्योग स्थापना गर्न चाहनेका लागि अनुदानको ब्यबस्था गरिने छ । साथै भुगोल सुहाउदो बिभिन्न प्रबिधीहरुको बिकासमा समेत जोड दिइने छ ।
.बालबिबाह, बहुबिबाह, छाउपडी छुवाछुत जस्ता कुप्रथा अन्त्य गर्न विभिन्न कार्यक्रमहरु संचालन गरिने छ । जाँड रक्सी, जुवातास जस्ता बिकृती र बिसंगतीहरुको न्युनीकरण गर्न पहल गरिने छ।
१५.महिला, दलित, उपेक्षित र पिछडीएको बर्गलाई बिभिन्न किसीमका सिप तथा क्षमतामुलक तालिमहरु दिई आत्मनिर्भर बनाईने छ ।
१६.सहकारी बिकासमा जोड दिईने छ । बिभिन्न सामुदायिक संस्था, महिला समुह, आमा समुह लाई सहकारीमा आबद्ध गराईने छ ।
१७ं असाहाय, दलित, गरिब जेहेन्दार बिद्यार्थिलाई उच्च प्राबिधीक शिक्षाको लागि छात्रवृतीको व्यबस्था गरिने छ ।
१८. सामुदायिक वनको संरक्षण र सम्वद्वन, सडक आसपासका क्षेत्रमा बृक्षारोपण, पहिरो तथा बाढी नियन्त्रण गरिने छ । विपत पिडितहरुका लागि राहत तथा उद्धार कोष स्थापना गरिने छ ।