बझाङ-बझाङको खप्तडछान्ना गाउँपालिकामा नेकपा एमालेको जित सुनिश्चित भैसकेकोले अरु दल अतालिएको अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र बहादुर सिंह (एल.बि)ले बताएका छन् ।
खप्तडछान्ना गाउँपलिकाका विभिन्न टोलहरुमा गरिएको घरदैलो कार्यक्रम पछिको कोणसभालाइ सम्बोधन गर्दै सिंहले खप्तडछान्ना गाउँपालिकाका जनताले जनताको प्यारो पार्टी एमालेका उम्मेदवारलाई सानदार मतका साथ बिजयी गराउने ठोकुवा गरेका छन् ।
पालिकामा एमालेले जितेमात्र जन चाहना अनुसार काम अघि बढ्नेकुरा जनताले बुझेका कारण अरु दललाइ तनाब भएको सिंहले बताएका छन् । आफुहरुको जितमै जनताको भलाइ र खप्तडछान्नाको बिकास जोडिएको बताउदै अध्यक्ष पदका उम्मेदवार सिंहले जनताले बिकास र समृद्धिका लागि सुर्य ध्वजा बाहक एमालेका उम्मेदवारलाई बिजयी गराउनेमा बिश्वास समेत ब्यक्त गरेका छन् ।
लामो समय देखि विध्यार्थी राजनितिमा रहेका सिंह हाल नेकपा एमालेबाट खप्तडछान्ना गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका छन् । उपाध्यक्षमा भने अखिल नेपाल महिला संघको राजनितिमा रहेकी देवकि जोशी उम्मेदवार बनेकी छन् ।