सत्यराज सिंह, बझाङ-बझाङको छविसपाथिभेरा गाउँपालिका – ६ मा रहेको बाठपाली माध्यामिक विध्यालयमा अपाङ्गता मैन्त्री आवास गृह हस्तान्तरण गरिएको छ। अपाङ्गता भएका विध्यार्थीहरूलाई बस्नका लागि सहज होस भन्ने उदेश्यले युएमएन, प्रगतिशिल युवासमाज र छविसपाथिभेरा गाउपालिकाको आर्थीक सहयोगमा उक्त आवास गृह करिब ६१ लाख ९१ हजारको लागतमा निर्माण भएको र जसमा १४ लाख ६५ हजार गाउँपालिकाको समेत सहयोग रहेको बाठपाली माध्यामिक विध्यालयका प्रधानाध्यापक कलक चलाउनेले बताए ।
उक्त भवनको उद्घाटन कार्यत्रममा बोल्दै युएमएन बझाङ कलस्टरका टिमलिडर जोति चपाइले भवन बनेपछी अपाङ्गता भएका व्यक्तिहरूको विभिन्न प्रतिभा लगाएत गुणस्तरिय शिक्षा अध्ययन गरेर समाज परिवर्तनका लागि ठुलो मद्वत पुर्याउनमा उनिहरूको पनि महत्वपुर्ण भुमिका हुने बताए ।
त्यसै गरि उक्त आवास गृह उद्घाटन कार्यत्रममा बोल्दै संविधान सभा सदस्य धर्मराज विकले बझाङ जिल्लामा पहिलो पटक अपाङ्गता मैन्त्री विध्यालयमा आवास निर्माण भएपछी अपाङ्गता भएका व्यक्तिहरूको पठनपाठनमा सहज भै अन्य स्थानियतहका अपाङ्गता भएका व्यक्तिहरूले पनि पठनपाठन गर्न आउने बातावरण भएको बताए ।
विगत केही बर्ष देखि बाठपाली माध्यामिक विध्यालयमा अध्ययन गर्दै आएका छात्र गोरख बोहराले भने आफुहरू विध्यालयमा भर्ना भएपछी जिर्ण भवनमा बस्दै आएको र हाल अपाङ्गता मैन्त्री छात्राबास निर्माण भएपछि आफुहरूलाई बस्नका लागि सहज भएको बताए । उनले भने, ‘पहिला पानी पर्दा चुहिने घरमा बस्नु पर्ने बाध्यता थियो । अहिले बनेको भवनमा भित्रै शौचालय रहेको छ । भान्छा सहित बस्नेकोठाहरू छन् । हामिलाई आजभोली सहज भएको छ ।’
लामो समय देखि प्रगतिशिल युवासमाजले बाठपाली माध्यामिक विध्यालयमा अध्यनरत अपाङ्गता भएका व्यक्तिहरूलाई बसाई व्यवस्थापन असहज भएपछि आवास गृहका लागि युएमएनसंग आवास निर्माणका लागि छलफल गर्दै आएकाले धेरै पछि आवास निर्माण गर्ने उदेश्य पूरा भएको र आवास बनाउनका लागि सबैको महत्वपुर्ण भुमिका रहेकाले भवनको संरक्षण गर्नका लागि समुदायले अगाडि बढ्नु पर्ने प्रगतिशिल युवासमाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए ।
२०३२ सालमा स्थापना भएको उक्त विध्यालयमा पछिल्लो समयमा गुणस्तरीय शिक्षा अभिवृद्वि गर्नका लागि विध्यालय परिवार लागिपरेको बाठपाली बिध्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेश पुजाराले बताए । पुजाराले सहयोगि संस्था र गाउँपालिकालाइ धन्यवाद समेत दिएका छन् ।