रिदम सिंह, बझाङ । युएमएन बझाङ आर्थिक सहयोग र दलित सहयोग समाजद्धारा संचालित वातावरणीय दिगोपनाका लागि जलवायु प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजनाद्वारा आज विश्व वातावरण दिवस मनाइएको छ । मात्र एक पृथ्वी भन्ने मूल नाराका साथ विश्व वातावरण दिवस मनाइएको दलित सहयोग समाजले जनाएको छ ।
वातावरण दिवसको अवसर पारी परियोजना लागु भएको क्षेत्र अन्र्तगत पर्ने सरस्वती मा. वि. बिजगडा बुङ्गलमा उक्त कार्यक्रम गरिएको हो । वातावरण दिवसको अवसरमा विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको थियो । विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा बुंगल नगरपालिका भित्रका ५ वटा विद्यालयका छात्र, छात्रा गरी १० जनाले सहभागिता जनाएका थिए । जसमा महेन्द्र नि. मा.वि.का छात्र अपील सिंह प्रथम, कन्या मा. वि.का छात्र ओस्कार भण्डारी दृतिय, दुर्गा मा.वि.की छात्रा अमला ऐडी तृतीय र अन्य सवै सहभागी छात्रछात्राहरुले सान्त्वना स्थान हात पारेका थिए ।
प्रतियोगितामा प्रथम, द्धितृय र तृतीय हुने छात्रछात्राहरुले क्रमशः रु. ४ हजार ५ सय, ३ हजार ५ सय, र २ हजार ५ सय नगदसहित प्रमाण पत्र प्राप्त गरेका थिए भने सान्तवना हुने सहभागीहरुले जनही नगद रु १००० सहित प्रमाण पत्र पुरस्कार प्राप्त गरेको दलित सहयोग समाज अन्तर्गत वातावरणीय दिगोपनाका लागि जलवायु प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजनाका फिल्ड स्टाफ लोकेन्द्र बहादुर रोकायाले जानकारी दिनुभयो ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर कार्कीको अध्यक्षतामा संञ्चालन भएको उक्त कार्यक्रममा बुङ्गल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष गणेश कार्की प्रमुख अतिथी रहनु भएको थियो । त्यसैगरी कार्यक्रममा दलित सहयोग समाजका उपाध्यक्ष मोहनलाल वि. क.विशिष्ट अतिथि रहनु भएको थियो ।