बझाङ : नेकपा एमाले जिल्ला कमिटी बझाङ जिल्ला अधिवेशनको तयारीमा जुटेको छ ।
मंगलबार देखि सुरु भएको नेकपा एमाले जिल्ला कमिटीको ३९ औँ बैठक विभिन्न निर्णयहरु गर्दै आज सम्पन्न भएको हो ।
उक्त बैठकमा स्थानिय तह निर्वाचनको समिक्षा र ८ औँ जिल्ला अधिवेशनको बारेमा रहेर छलफल गरिएको नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सह–इन्चार्ज ऐन महरले बताउनुभयो ।
महरले जिल्ला अधिवेशनको तयारीका लागि विभिन्न ७ वटा उपसमितिहरु गठन गरेर जिम्मेवारी समेत बाँडफाँड गरिएको बताउनुभएको छ ।
जिल्ला अध्यक्ष दमन भण्डारीको अध्यक्षतामा सुरु भएको उक्त बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सह इन्चार्ज अफिलाल ओखेडा प्रमुख अथिति रहनु भएको थियो भने, नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सह-इन्चार्ज ऐन महर विशिष्ट अथिति रहनुभएको थियो ।
बैठकमा प्रदेश कमिटी सदस्य , जिल्ला कमिटीका सदस्यहरुको सहभागिता रहेको थियो ।
एमालेको ८ औँ जिल्ला अबिधेशन सदरमुकाम चैनपुर स्थित पार्टी कार्यालय पानकोटमा ३ दिन सम्म चल्ने भएको छ । असार २२ गतेबाट सुरु हुने जिल्ला अधिवेशन २४ गते समापन हुने भएको हो ।