रिदम सिंह, बझाङ । महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी दुई दिन तालिम खप्तड छान्ना गाउँपालिकामा सम्पन्न भएको छ । गाउँपालिका भित्र रहेका ८ वटा माध्यामिक विद्यालयमा कार्यरत रहेका शिक्षक शिक्षिकाहरुका लागी विद्यालयमा हुने महिनावारी सम्बन्धी समस्या समाधान तथा मर्यादित महिनावारीका लागी तालिमको आयोजना गरिएको थियो ।
रिड नेपाल र ग्रीन ताराद्धारा खप्तडछान्ना गाउँपालिकाका संञ्चालित गरिमा परियोजनाद्धारा आयोजित दुई दिने तालिम बुधबार सम्पन्न भएको हो । तालिममा खप्तड छान्ना गाउँपालिकामा रहेका ८ वटा मावि विद्यालयका शिक्षकहरुका सहभागिता रहेको थियो ।
विद्यालयमा नै महिनाजवारीका कारण हुने भेदभाव तथा विद्यालयमा हुने अमर्यादित महिनावारीको क्षेत्रमा सुधार ल्याई विद्यालय क्षेत्रमा मर्यादित महिनावारी स्वच्छता व्यवस्थापनको वातावरणको सिर्जना गर्नका लागी तालिमको आयोजना गरिएको रिड नेपालका फिल्ड व्यवस्थापक विक्रम जोशीले जानकारी दिए ।
तालिममा खप्तड छान्ना गाउँपालिकाका शिक्षा अधिकृत निरज प्रसाद रेग्मी, रिड नेपालका फिल्ड व्यवस्थापक विक्रम जोशी र गरिमा परियोजनाका अनुगमन तथा अनुसन्धान अधिकृत सुभेक्षा भट्टराईले गर्नुभएको थियो ।