मिडियामैत्री वडा बनाउनका लागि पहल गर्छाै: वडाअध्यक्ष जोशी र बोहरा

प्रदेश बझाङ मुख्य खबर राजनीति समाचार सुदुरपश्चिम

बझाङ  : बझाङ जिल्लाका दुई जना नवनिर्वाचित वडाअध्यक्षले आफ्नो वडालाई मिडियामैत्री वडा बनाउन पहल गर्ने बताएका छन् ।

नवनिर्वाचित सुर्मा गाउँपालिका वडानम्बर –१ का वडा अध्यक्ष दिनेश बोहरा र खप्तडछान्ना गाउँपालिका –७ का वडाअध्यक्ष रमानन्द जोशीले आफूहरु लामो समय पत्रकारिता क्षेत्रमा रहेर जनप्रतिनिधी भएकाले आफू निर्वाचित भएका वडा मिडियामैत्री बनाउन पहल गर्ने बताएका हुन् ।

आइतबार नेपाल पत्रकार महासंघ बझाङ शाखाले सदरमुकाम चैनपुरमा आयोजना गरेको लामो समय पत्रकारिता क्षेत्रमा काम गरेर २०७९ सालको स्थानिय तह निर्वाचनमा जनप्रतिनिधि बनेका व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै वडाअध्यक्ष रमानन्द जोशीले मिडिया क्षेत्रका समस्या, चुनौतिहरुलाई आफूुले महसुस गर्न पाएकाले वडालाई मिडियामैत्री वडा बनाउनमा आफ्नो पहल हुने बताए ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका अध्यक्ष शैलेन्द्र रोकायाको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का सुदूरपश्चिम प्रदेश अध्यक्ष जगत खड्का, नेपाल पत्रकार महासंघ बझाङ शाखा पुर्व अध्यक्ष जगदीस रोकाया लगाएत अन्य पत्रकारहरुले दुबै जना वडाअध्यक्षलाई कार्यकालको शुभकामना दिएका छन् ।

जोशी नेपाल पत्रकार महासंघ बझाङ शाखाका केन्द्रिय पार्षद र प्रेस युनियन नेपाल बझाङ शाखाका जिल्ला अध्यक्ष समेत रहेका थिए ।

बोहरा पत्रकार महासंघका जिल्ला कार्यसमिती सदस्य र प्रेस युनियन नेपाल बझाङ शाखाका सदस्य रहेका थिए । बझाङ जिल्ला भरी पत्रकारिता क्षेत्रबाट दुई जना मात्रै जनप्रतिनिधी बनेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *