बझाङ : निजामती कर्मचारी संगठन बझाङ जिल्ला अध्यक्षले सामुदायिक विध्यालयमा अध्यनरत दुई जना विध्यार्थीलाई विध्यालयमा पढाउने जिम्मा लिएका छन् ।
बझाङको जयपृथ्वी नगरपालिका –९ घर भएका निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष दिनेश धामीले जालपा माध्यामिक विध्यालयमा प्राथमिक तहमा अध्यनरत २ जना विध्यार्थीको सम्पुर्ण पढाईको जिम्मा लिएका हुन् ।
जयपृथ्वी नगरपालिका –९ घरभएका कक्षा ६ मा अध्यनरत छात्र उपेन्द्र धामी र जयपृथ्वी नगरपालिका –११ घरभएकी युकेजीमा अध्यनरत छात्रा आशा जोशीको पारिवारिक अवस्था नाजुक भएकाले उनिहरुको शिक्षाको लागि आफुले अभिभावकीय जिम्मेवारी लिएको अध्यक्ष धामीले बताए ।
उनले २ जना विध्यार्थीका लागि बार्षिक रुपमा पोशाक आवश्यक स्टेशनरी लगाएत अन्य आवश्यक खर्च सहयोग गर्ने भएका छन् । दुबै जना विध्यार्थीको आर्थिक अवस्था नाजुक रहेको छ ।