गिरीको शोकमा वडा कार्यालयमा वृक्षारोपण

बझाङ मुख्य खबर समाचार सुदुरपश्चिम

बझाङ : विगत १ बर्ष देखि राझाँ विमानस्थलमा काम गर्दै आएका एक जना कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको छविसपाथिभेरा गाउँपालिका – १ बगडगाउँ घर भएका बर्ष २४ का अर्जुन गिरीको एक्कासी विरामी परि मृत्यु भएको हो ।

१ बर्ष देखि बाँके जिल्लाको राझाँ विमानस्थलमा नेपाल एरलाइन्समा सामान लोडरको काम गर्दै आएका गिरीको सोमबार मृत्यु भएको हो । गिरीको शोक मनाउदै छविसपाथिभेरा गाउँपालिका वडानम्बर १ को वडाकार्यालयमा वृक्षारोपण र रङरोगन गरेको छ ।

मृतक गिरी प्रति वडा अध्यक्ष करनजंङ्ग बहादुर सिंह र तिनवटै राजनितिक दलले शोक समेत व्यक्त गरेका छन् । गिरीको बुधबार विहान बझाङको सेतिनदीमा अत्यष्टि गरिएको छ ।

गिरीको मृत्युले गाउँ नै शोकमा डुबेको र गाउँले एक समाजसेवी, मिलनसार युवा गुमाएको भन्दै वडाअध्यक्ष सिंहले दुख समेत व्यक्त गरेका छन् । गिरी पुर्व फुटवल खेलाडी समेत भएकाले उनको पार्थी शरिरमा मटेला युवाक्लवका सदस्यहरुले फुटवलको झण्डासमेत ओडाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *