रिदम सिंह, बझाङ । खप्तड छान्ना गाउँपालिकामा संञ्चालन गरिएको धामी झाक्री सम्मेलन तथा अभिमुखीकरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । रिड नेपाल अन्र्तगतको गरिमा परियोजनाअन्र्तगत गाउँपालिका भरी रहेका ३७ जना धामीझाक्रीहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
खासगरी महिनावारीप्रतिको भ्रम, महिनावरी भएको समयमा धामीझाक्रीहरुवाट गरिने विभेद तथा उनीहरुले गर्ने व्यवहारमा परिवर्तन ल्याउनका लागी उक्त कार्यक्रमको आयोजना गरिएको हो । गाउँमा अझै पनि महिनावारी भएको समयमा किशोरी तथा महिलाहरुले छुन हुदैन् भन्ने मान्यतालाई विस्थापित गर्नका लागी उक्त कार्यक्रमको आयोजना गरिएको रिड नेपालका फिल्ड व्यवस्थापक बिक्रम जोशीले बताउनु भयो । कार्यक्रममा सहभागी धामीझाक्रीहरुले आगामी दिनदेखी महिनावारी भएका किशोरी तथा महिलाहरुलाई कुनै विभेद नगर्ने र बिद्यालयहरुमा नै गएर महिनावारीका वारेमा सचेतना फैलाउने प्रतिवद्धता समेत उनीहले जनाएका छन् । यसैवीच आज नै रिड नेपाल र सो अन्र्तगतका कर्मचारीहरुले नवनिर्वाचित गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुसँग परचयात्मक कार्यक्रम गरेका छन् । कार्यक्रममा रिड नेपालका फिल्ड व्यवस्थापक विक्रम जोशीले प्रस्तुतीकरण गर्नु भएको थियो । साथै कार्यक्रममा ग्रीनतारा नेपालका अध्यक्ष, सचिव, कार्यकारी निर्देशक, गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुको सहभागिता रहेको फिल्ड व्यवस्थापक जोशीले जानकारी दिनुभयो ।