रमेश केसी : बजारबाट किनी खानु छ । दाल, चामल महोङ्गै बजारको भन्दा सस्तो पाइएला भनेर देवल खाध्य संस्थान गए । त्या पनि महोङ्गै खाने तेलको पनि कुरा नगरौँ ९० रुपैयाँमा पाइन्थ्यो । एक्कासी १ सय ८० पुग्यो । को पार्टीले आए के छ ? कठै कैकि भनु चुनाव अघिपछी गाउँघरमा गरिब को छन ? घर जग्गा कति छ ? खान पुग्छ कि नाई ? घरमा अपाङ्गता छनकी ? छोराछोरी कति छन् ? आम्दानी कति छ ? भनेर आउछन् । सोध्छन् । हुन्छ मात्र भनेर जान्छन ।’ यो भनाई जयपृथ्वी नगरपालिका–५ की ६० बर्षिया सर्जा कामीको हो ।
उनि संगै घरमा बोल्न नसक्ने ६० बर्षका बुढा धनविरे कामी छन् । उमेरमा पहिला १० बर्ष भाग्या (मालिकको) हलो जोत्ने र आफर (आरन)को काम गर्नु भयो । त्यस बाँफत धान र गहुँ घरमा अलिअली आउथ्यो । त्यहि पनि आजभोली सबै उमेर संगै गयो । आफ्नो भन्नु जग्गा जमिन छैन् । २०५७ सालमा भए भरको खेतियोग्य जमिन सेती नदीले बगायो । बाँकी रहेको त्यहि पनि गत बर्ष गोलाई गाडले लग्यो ।’
‘सेतीनदीकै छेउमा आटेघर छ । त्यो पनि यस बर्ष बाढी आयो भने, सबै बगाउछ । के गर्नु हजुर एक छोरा भारतको केराला अर्को व्याङलोर छ । उनिहरुलाई खान ठिक्क हुन्छ । घरमा पैसा पठाउन त पर जावस भएभरका ढाँट्ने मान्छे मात्र छन् । कस्तो जमना आयो ? कस्तो समय आयो ? दिन उहि छ । रात उहि छ । जमना कसरी बदलियो । देशमा भया भया भरका पार्टी छन् । १० बर्ष सम्म माओवादीका पाला बाहिर आउन पाएन । अध्यारोमा हिड्न पाइएन् । गोठमा गाई हेर्न जाँदा झरो बालेर गोठ जाँन पाइएन । देशमा भएभरका पार्टी छन् ।’
कामीले भनिन् ‘हामी जसा गरिब दुखीलाई चुट्क्या मरु भयो । ७७ जिल्ला भरी गरिबको सेवा गर्ने मान्छे जन्मेका छैनन् ।’ ‘मैले भन्या कुरा लेखेर सरकारलाई पठाई दिनु हजुर । बाढीले जग्गा जमिन बगाउदाा राहात केहि पाहिएन । एउटा भनाई जस्तै भयाको छ । आँखा नदेख्ने मान्छेलाई तेरा भाग दही छ भन्दा मुख पस्या सहि छ’ भन्या जस्तै भयाको छ ।’
‘ठुलावडा प्रधानमन्त्री भनाउदा हेलिकप्टरमा आयाँ भन्दा सुन्या हुँ हाम्रा दुख जसाका तसाई छन् । हुनत प्रधामन्त्री पनि हाम्रा डडेलधुरा तिरका भन्दा सुन्या हुँ क्यार्नु आफ्ना दुख आफुकि छन् । यो सन्देश प्रधानमन्त्रीकी सुनाइ दिया ’