जयपृथ्वी बहादुर सिंहको फोटोमा माल्यापर्ण गरेर बझाङलाई साक्षर जिल्ला घोषणा गरियो

प्रदेश बझाङ मुख्य खबर समाचार सुदुरपश्चिम

रमेश केसी : मानवताबादी राजा जयपृथ्वी बहादुर सिंहको फोटोमा माल्यापर्ण गरेर बझाङ जिल्लालाई मंगलबार साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको आयोजनामा जिल्ला समन्वय समिती बझाङको सभाहलमा मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको फोटोमा माल्यापर्ण गरेर बझाङ जिल्लालाई ५७ औँ साक्षर जिल्ला घोषणा गरिएको हो ।

बझाङ जिल्लाका १२ वटै स्थानियतहका १५ देखी ६० बर्ष उमेर समु्हका निरक्षरहरुलाई १२ वटा माप्दण्ड मध्ये ७ वटा माप्दण्ड पुरा गरे अनुसार स्थानियतहहरु यस अघि नै साक्षर घोषणा भैसकेकाले साक्षर नेपाल बर्ष २०७६ अवधारणा पत्र बमोजिम विभिन्न अभियान संचालन गरेकाले मंगलबार औपचारिक रुपमा जिल्ला लाई साक्षर घोषणा गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सुरेन्द्र बहादुर कडायतले बताए ।

साक्षर जिल्ला घोषणा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बझाङ जिल्लाका ९५ प्रतिशत जनसंख्या साक्षर भएपनि बाँकी रहेको ५ प्रर्तिशत पनि साक्षर हुनेगरी पुर्णरुपमा साक्षर जिल्ला घोषणा गर्नुपर्ने, अझै कतिपय बालबालिकाहरुको विचमै विध्यालय छोड्ने भएकाले कसरी कम गर्न सकिन्छ । त्यस तर्फ समेत सबैले ध्यान दिनुपर्ने बताए ।

त्यसैगरी जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले बझाङ जिल्ला मात्र हैन देशभर शिक्षा र मानवताको सन्देश फैलाउने जयपृथ्वी बहादुर सिंहलाई सोमबार मात्रै सरकारले १८ औँ राष्ट्रिय विभुती घोषणा गरेको प्रति सरकारलाई धन्यवाद दिनुका साथै नगरपालिकामा पनि यसको उपलक्ष्यमा कार्यक्रम आयोजना गर्ने र जिल्लालाई पुर्ण साक्षर जिल्ला घोषणा गर्न आफुहरु पनि लागि पर्ने बताए ।

कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै सुदुरपश्चिम प्रदेश सांसद शान्ती नेपालीले शिक्षा नै सबै भन्दा ठुलो भएकाले आगामी दिनमा बझाङ जिल्लालाई विभेद, हिंसारहित जिल्लाको रुपमा समेत घोषणा गर्नुपर्ने र बझाङ जिल्लाको इतिहास मानवताबादी विचारक जयपृथ्वी बहादुर सिंहका विचार आजपनि उतिकै सान्र्दभिक रहेकोमा जोड दिए ।

साक्षर जिल्ला घोषणा कार्यक्रमको समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती प्रमुख नर बहादुर बोहराले अहिले बझाङ जिल्लाका धेरै निरक्षर आमाबुवा, दाजुभाईहरु पनि सहजै मोबाईल चलाउन सक्ने, घडी हेर्न सक्ने, सामान्य हिसाब गर्न सक्ने, परिवारका सदस्यहरुको नाम,उमेर लेख्न पढ्न सक्ने भैसकेकाले साक्षर जिल्ला घोषणा गरिएको बताए ।

बोहराले यो भन्दा अगाडी गाउँपालिका अध्यक्ष हुँदा समेत शिक्षा क्षेत्रलाई लक्षीत गरेर गाउँमा विभिन्न अभियानहरु समेत चलाएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *