बझाङ : सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले स्थानीय तह निर्वाचनमा शान्तिपूर्ण एव त्रुटीरहित ढंगबाट सम्पन्न गराउन इमान्दारीपूर्वक ढंगबाट कार्यसम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख तथा डिएसपी ज्ञान बहादुर विष्टलाई पुरस्कृत गरेको छ ।
कार्यालयले निर्वाचनलाई शान्तिपूर्ण एव त्रुटीरहित ढंगबाट सम्पन्न गराउन प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै शान्ति सुव्यवस्था कायम राख्ने कार्यमा सुम्पिएको जिम्मेवारी इमान्दारीपूर्वक पालना गरेको भन्दै नगद पुरस्कारद्वारा डिएसपी विष्टलाई पुरस्कृत गरेको हो ।
१२ वटा स्थानीय तह रहेको बझाङ जिल्लामा जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख तथा डिएसपी ज्ञान बहादुर विष्टको नेतृत्वमा खटिएका सुरक्षा निकायद्वारा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराएको थियो ।