पठाओको सेवा नरोक्न सर्वोच्चकाे आदेश

मुख्य खबर

काठमाडौँ । मोटरसाइकलमा अन्य व्यक्तिलाई ओसार्ने कामबाट मुलुकको कानुन उल्लंघन भएको दाबीसहित परेको रिटमा सर्वोच्च अदालतले मंगलबार सेवा रोक्न अन्तरिम आदेश दिन नमिल्ने निर्णय सुनाएको छ ।

न्यायाधीशद्वय केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले रिटमा सुनुवाइ गर्दै पठाओको सेवा रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको हो ।

नेपालको कानुन उल्लंघन गरेको, कर नतिरेको एवं विदेशी लगानीको उद्देश्यमा दर्ता भएको पठाओ नेपाल प्रालिले अनुमतिभन्दा बाहिरको काम गरेको भन्दै अधिवक्ता श्यामकुमार श्रेष्ठलगायतले माघ पहिलो साता रिट दर्ता गरेका थिए ।

यसमा गृह मन्त्रालय, उद्योग मन्त्रालयले समेत झारा टार्ने काम गरेकाले उनीहरूलाई समेत कम्पनीको इजाजत रद्द गर्ने आदेश जारी गर्नुपर्ने माग रिटमा गरिएको थियो । ‘रिटमाथि अन्तिम निर्णय हुँदा नै निक्र्योल हुने विषय भएकाले अहिले नै सेवा रोक्न आदेश दिन मिल्दैन,’ निर्णयमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *