बझाङ : नेकपा एमाले समर्थक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी बझाङका पदाधिकारीको बैठक सम्पन्न भएको छ ।
शनिबार नेकपा एमाले जिल्ला कमिटी बझाङको पार्टी कार्यालय पानकोटमा बसेको बैठकले ६ जनालाई अनेरास्ववियुले सचिवालयमा मनोनित गरेको छ ।
जसमा लोकराज मण्डेल, अक्कल विक, गोपाल रोकाया, कृष्णा कार्की, चाँदनी विसी र दिपेन्द्र दौल्याललाई सचिवालयमा मनोनित गरेको हो ।
६ जनालाई सचिवालयमा मनोनित गरेपछी १३ सदस्यीय सचिवालय कमिटी निर्माण भएको छ ।
बैठकले स्थानियतहको चुनावमा जनप्रतिनिधी बनेका तथा अन्य २ जना गरी ३ जना सुसिल अधिकारी, गोविन्द्र बोहरा र भुमिका धामीलाई विदाइ पनि गरिएको छ ।
उक्त अवसरमा सुनिल सिंह, अन्तिमा खड्का, निरुता खड्का र मुकेश स्याँडा गरी ४ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरी ३९ सदस्यीय जिल्ला कमिटी बनाएको छ ।
पदाधिकारीको बैठकले प्रदेश कमिटी सदस्यका लागि २ जनालाई सिफारिस गरेको छ । जसमा दिपेन्द्र खड्का र योगेन्द्र बोहरा सिफारिस भएका हुन ।
बैठकले स्थानिय तह निर्वाचनमा पार्टी विरुद्घ तथा नेकपा एमालेका उम्मेदवारहरुलाई हराउन भुमिका खेलेको भन्दै सदस्य सत्यराज उपाध्यायलाई जिल्ला कमिटीबाट कारबाही पनि गरिएको अनेरास्ववियु बझाङ जिल्ला अध्यक्ष दिल बहादुर खातीले बताए ।
साथै आज नेकपा एमाले जिल्ला कमिटी बझाङको अधिवेशनका लागि ३ जना प्रतिनिधी समेत छनोट गरेर पठाएको छ ।