बझाङमा प्रमुख जिल्ला अधिकारी अर्यालको स्वागतमा सलामी

प्रदेश बझाङ मुख्य खबर समाचार सुदुरपश्चिम

बझाङ: जिल्ला प्रहरी कार्यालय बझाङले प्रमुख जिल्ला अधिकारी (सीडीओ) बाबुराम अर्यालको स्वागतमा सलामीबाट सम्मान गरेको छ । जिल्ला प्रहरीले परमपरागत प्रचलनअनुसार सीडीओ सलामीबाट स्वागत गरेको हो ।

आज सोमवार सीडीओ अर्याल जिल्ला प्रहरी कार्यालय बझाङको निरीक्षणमा जाँदा सलामीबाट स्वागत गरिएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएको ६ महिना भएको छ । तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी सरुवा भएपछि उनको ठाउँमा अर्याल आएका हुन् ।

२०७८ पौष २१ गते सरुवा भइ बझाङ आएका सीडीओ अर्याल बझाङ आएको ६ महिना पछी सोमबार पहिलो पटक जिल्ला प्रहरी कार्यालय बझाङको निरिक्षणमा गएका थिए ।

त्यही क्रममा अर्याललाई पिर्कामाथि राखेर सलामी दिइएको थियो । सलामीपछि उनले जिल्ला प्रहरी कार्यालय बझाङको निरीक्षण तथा अवलोकन गरेका छन् ।

साथै निरिक्षणको क्रममा शान्ति सुरक्षाको अवस्था, विधमान समस्या र चुनौतीको बारेमा जानकारी समेत लिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

सीडीयो अर्यालले जिल्ला प्रहरी कार्यालयका विभिन्न शाखाहरुको निरिक्षण गर्दै मनसुन भित्री सकेकाले विपद पुर्व तयारी तथा विपद प्रतिकार्यका लागि प्रभावकारी समन्वय र निरन्तर संचारका साथमा तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *