बलात्कारपछि हत्या : पीडकका आफन्तले दिए सम्झनाको परिवारलाई गाउँ निकाल्ने धम्की

बझाङ मुख्य खबर समाचार सुदुरपश्चिम

बझाङ :  मष्टा गाउँपालिका–२ खिकालाकी बालिका सम्झना कामीलाई बलात्कारपछि हत्या गरेको अभियोग लागेका राजेन्द्र बोहराका आफन्तले पीडित परिवारलाई धम्क्याउन थालेका छन् ।

बोहराले दुई वर्षअघि १२ वर्षीया सम्झनाको बलात्कारपछि हत्या गरेका थिए । उमेर नपुगेको भन्दै उनलाई हाल बाल सुधार गृहमा राखिएको छ ।

सुधार गृहमा रहेका राजेन्द्रका आफन्त जुस्या भनिने रवि बोहराले सम्झनाका हजुरबुबा गोरख कामीलाई अपशब्द प्रयोग गर्दै प्रमाण खोइँ भनेर हातपात गरेको कामीका आफन्त इश्वर बिकले बताए । बिकका अनुसार बोहराले तँलाई गाउँबाट निकाला गर्छु भन्दै हातपात समेत गरेका छन् ।

गालिगलौज गर्ने बोहरालाई मष्टा गाउँपालिकाको न्यायीक समितिमा बोलाएर छलफल गरिएको छ । बोहराले भारतबाट आएकाले घटनाबारे आफूले थाहाँ नपाएको हुँदा गालिगलौज गरेको भन्दै माफी मागेपछि घटना मिलेको मष्टा गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहराले बताए ।
आफूहरू अझै त्रासमा बस्नु परेको सम्झनाका आफन्तले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *