बझाङ : बझाङमा नुहाइरहेकी किशोरीमाथि जबरजस्तीकरणी गर्न खोज्ने एक जना पक्राउ परेका छन् । पक्राउपर्नेमा जिल्लाको बुङ्गल नगरपालिका–४ खिरातडीका ४४ वर्षीय बिर्ख नेगी रहेका छन् ।
यही २१ गते साँझ रोपाइँ सकेर घर नजिकै धारामा नुहाइरहेकी १७ वर्षीया किशोरीलाई मदिरा सेवन गरि बलात्कारको प्रयास गर्न खोज्ने नेगीलाई २३ गते पक्राउ गरिएको हो ।
किशोरीलाईसमातेर नेगीले धाराभन्दा केही तल लगेर बलात्कारको प्रयास गर्दा किशोरीले चिच्याउँदा स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरी नेगीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए ।