गुणस्तरीय पढाइका लागि सन्दर्भ सामग्री लेखन कार्यशाला सम्पन्न

प्रदेश बझाङ समाचार सुदुरपश्चिम

बझाङ: बझाङमा गुणस्तरिय पढाइका लागि सन्दर्भ सामाग्री लेखन कार्यशाला सम्पन्न भएको छ । असार २८ गते देखि सदरमुकाम चैनपुरमा सुरु भएको २५ दिने कार्यशाला शुक्रबार सम्पन्न भएको हो ।

गुणस्तरीय शिक्षण सहयोगका लागि वल्र्डभिजन इन्टरनेश्नल नेपाल र प्रगतिशील युवासमाज, बझाङको सहकार्यमा ‘सन्दर्भ सामग्री लेखन कार्यशाला’ आयोजना गरिएको थियो ।

कार्यशालामा केदारस्यूँ गाउँपालिका र जयपृथ्वी नगरपालिकाका विद्यालय तथा पढाइ शिविरका ९१ जना शिक्षक र पढाइ शिविर सहजकर्ताहरू सहभागी भएका थिए ।

विद्यालय तथा पढाइ शिविरका बालबालिकाहरूलाई स्थानिय भाषा, कथाका माध्यामबाट सरल र सहज तरिकाले कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ । कसरी उनीहरूमा मायालु वातावरण बनाएर शिक्षण गर्न सकिन्छ ।

जस्ता विभिन्न कुराहरुमा छलफल गर्दै गुणस्तरीय पठनपाठनका लागि ‘सन्दर्भ सामग्री निर्माण÷लेखन कार्यशाला’ सम्पन्न भएको हो ।
सहभागी शिक्षक धुव्र रानाले कार्यशालाले हौसला थपेको र बालकथाहरू बालबालिकालाई सुनाउदै पढाउँदा झनै रमाइलो मानि बुझ्ने भएकाले यसले बालबालिकाको सिकाइमा धेरै मदत पुग्ने बताए ।

वल्र्डभिजन इन्टरनेश्नल नेपाल बझाङका फिल्ड संयोजक तिलक केसीले यस्ता कार्यशाला अभिभावकले पनि लिनुपर्नेे बताउँदै सिकाइलाई व्यवहारमा लागु गर्न र बालबालिकाको समृर्दिका लागि शिक्षा महत्वपुर्ण रहेको समेत बताए ।

वल्र्डभिजन इन्टरनेश्नल नेपालको सहयोगमा प्रगतिशील युवासमाज, बझाङले गुणस्तरीय शिक्षाका लागि विभिन्न विद्यालयहरूमा गरिएका कामका बारेमा जानकारी दिदै प्रगतिशील युवासमाजका कार्यकारी निर्देशक लवराज जोशीले बालबालिकाको थप सिकाइका लागि प्रत्येक शनिबार पढाइ शिविर संचालन गरिरहेको र यस्ता सन्दर्भ सामग्रीको कार्यशालाले पढाइ शिविर तथा विद्यालयको पठनपाठन थप सहज र गुणस्तरीय हुने बताए ।

प्रगतिशिल युवा समाजका कार्यक्रम अधिकृत यज्ञराज जोशीले ८९ प्रतिशत बालबालिकाहरू सही तरिकाले पढ्न नसक्ने भएकाले शिक्षकहरूले यसलाई मनन गरेर विद्यालयमा थप मिहिनेत गर्नुपर्नेमा जोडदिएका छन् ।

पाँच चरणमा भएको उक्त कार्यशालाको सहजीकरण राष्ट्रिय तथा अन्तराष्ट्रिय बालसाहित्य तथा कथा लेखक  यशु श्रेष्ठले गरेका थिए, भने सहभागिहरुले आफैले समेत स्थानिय ठाउँ, परिवेश, र पुराना कथाहरु शिविरमा सिकाउनका लागि आफैले तयारपारेका थिए ।

वल्र्डभिजनको आर्थिक सहयोग, प्रगतिशिल युवासमाजको साझेदारी र स्थानियतहको समन्वयमा बझाङ जिल्लाका दुइ पालिका जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकाका विभिन्न विध्यालयहरुमा शिक्षा, जिविको पार्जन लगाएतका क्षेत्रमा काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *