बझाङ : बझाङको तलकोट गाउँपालिका–१ सुनिकोटका वडाअध्यक्ष रामचन्द्र रावल (आरसी)ले आफु जिल्ला बाहिर रहेका बेला आफुले गरेका कामको विवरण सार्वजनिक गरेका छन् ।
वडा अध्यक्ष रावल वडा अध्यक्ष भैसकेपछी धनगढी र काठमाण्डौ गरी २२ दिन जिल्ला बाहिर बसेका थिए । उक्त अवधीमा आफुले वडा विकासको लागि गरेका काम आफ्नो सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।
उनले संजालमा सार्वजनिक गरेको कामको विवरणमा कादुरी संस्थासंग भेटघाट छलफल भई तलकोट गाउँपालिकामा बिभिन्न विकासका कामका लागि सम्झौता र सहकार्यको सकरात्मक छलफल भएको, तलकोट गाउँपालिकाको नेटवर्कको समस्या भएकाले सम्वन्धीत निकाय संग छलफल गरी उच्च प्रविधिको दुईटा टावर एउटा वडानम्बर –१ सुनिकोटको डाँडापुच्छा र अर्को वडानम्बर –४ को स्याँडामा तत्कालै बनाउनका लागि पहल गरेको जानकारी दिए ।
विधुतको राष्ट्रिय प्रसारण लाईन विस्तारको लागि वडामा बाँकी रहेका गाउँहरुमा गोठिचौर, बिकुल्ली र गाउँपालिका भरि तिव्र विस्तारको लागि पहल समेत पहल गरिएको र सुनिकोटमा लिफ्टिङ खानेपानीको लागि अध्यन टोली आउने भएको छ ।
अहिले दुई लाख पचास हजार छुट्याई ठाउँ अध्यन गरि लिफ्टिङ खानेपानी आयोजना निर्माणको लागि खानेपानी मन्त्रालयका सह–सचिव संग छलफल भएको उनले बताएका छन् ।
उक्त टोलीमा गाउँपालिका अध्यक्ष कलक रोकाया, उपाध्यक्ष पार्वती भण्डारी, नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महर लगाएत अन्य वडाका वडा अध्यक्षहरु पनि सहभागि रहेका थिए ।