बझाङ :सत्तारुढ दल नेपाली कांग्रेसले आगामी निर्वाचन अभियानका लागि देशभरि प्रतिनिधि खटाएको छ ।
पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार भदौ १० गतेदेखि हुने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको हो ।
मंसिर ४ गते हुने संघ र प्रदेशसभा चुनावमा कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ ।’ सोही अभियानको पहिलो चरणअन्तर्गत प्रतिनिधि खटाइएको प्रवक्ता महतले जानकारी दिए ।
कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीपछि दोस्रो चरण र प्रत्यक्षतर्फको उम्मेदवारपछि तेस्रो चरणको अभियान सञ्चालन गर्ने जनाएको छ ।
सूचीअनुसार बझाङमा गोविन्द्र शाहलाई खटाइएको छ भने बाजुरामा अर्जुनजंगबहादुर सिंहलाई खटाइएको छ ।
त्यस्तै नृपबहादुर वडलाई डोटीको जिम्मेवारी तोकेको छ भने रणबहादुर रावललाई अछाममा पठाइएको छ । दार्चुलामा यज्ञराज जोशीलाई पठाउँदा बैतडीमा रमेश लेखकलाई जिम्मेवारी तोकेको छ ।
त्यस्तै एनपी साउदलाई कैलालीको जिम्मेवारी दिँदा सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा ईश्वरी न्यौपानेलाई जिम्मेवारी तोकेको छ भने कञ्चनपुरमा रामजनम चौधरीलाई जिम्मेवारी दिएको छ ।
कुन जिल्लामा को नेता खटाइए ? यस्तो छ सूची
बाजुरा : अर्जुनजंगबहादुर सिंह
बझाङ : गोविन्दबहादुर शाह
डोटी : नृपबहादुर वड
अछाम : रणबहादुर रावल
दार्चुला : यज्ञराज जोशी
बैतडी : रमेश लेखक
डडेलधुरा : ईश्वरी न्यौपाने
कैलाली : एनपी साउद
कञ्चनपुर : रामजनम चौधरी