साइपाल खवर, बझाङ । ब्लड क्यान्सर पीडित शाहीलाई आर्थिक सहायोग जुटिरहेको छ । शाहीको पारिवारिक आर्थिक अवस्था र शाहीले आफ्नो उपचारका लागी अपिल गरेपछि आरआर क्याम्पसमा अध्ययनरथ अनेरास्ववियुका नेता लोकेश खड्काको नेतृत्वमा शाहीको उपचारका लागी भन्दै आर्थिक सहयोग गरिएको हो ।
खड्काले सिभिल अस्पतालमा उपचाररथ शाहीलाई भेटेर रु १४ हजार रुपैया आर्थिक सहयोग गरेका हुन् । आरआरमा अध्ययनरथ खड्का अनेरास्ववियुको विद्याथीृ नेता समेत हुन् । उनले सामाजिक क्षेत्रमा र पीडित असाहाय व्यक्तिहरुका लागी सहयोग गर्दै आएका छन् ।
बझाङको जयपृथ्वी नगरपालिका वडा नं. १ का शाहीलाई ब्लड क्यान्सर देखिएपछी अहिले उनी काठमाडौंको सिभिल अस्पतालमा उपचार गराइरहेका छन् । न्युन आर्थिक अवस्थाका शाहीले आफ्नो उपचारका लागी सहयोग गरिदिन मनकारी दाताहरुलाई आग्रह गरेका छन् ।