प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा पाण्डु माबिमा शैक्षिक सामाग्री वितरण

बझाङ समाचार सुदुरपश्चिम

रिदम सिंह, बझाङ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले जयपृथ्वी नगरपालिका-३ पडेसमा रहेको पाण्डु माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । नेपाल भारतको सहयोगमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा बिहिवार विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरी परिषद्को सेवा कार्य अन्तर्गत पाण्डु माविमा कक्षा ११ र १२ मा अध्ययनरत ६२ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय सचिव प्राज्ञिक दिनेश कार्कीका अनुसार भारतीय जनता र भारत सकारबाट प्राप्त भएको शैक्षिक सामाग्री विद्यार्थीहरूलाई वितरण गरिएको हो । विधार्थिहरुलाई झोला, टोपि, अङ्ग्रेजी डिस्नरी र जेमेट्रि बक्स, नेपाली शब्दकोष र नेपाली बृहत शब्दकोष लगाएतका शैक्षिक सामाग्री रहेका छन् ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजालले परिषदको यो सेवा कार्यको प्रसंशा गर्दै शिक्षा क्षेत्रमा सहयोग गरेकोमा परिषदलाई धन्यवाद दिए । साथैे विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गदैै पाण्डु माध्यमिक विद्यालयलाई पहिलो प्राथमिकतामा राख्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

पाण्डु माद्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष एवं जयपृथ्वी नगरपालिका-३ का वडाअध्यक्ष गङग बहादुर खड्काको अध्यक्षतामा संञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि जयपृथ्वी नगरपालिका नगर प्रमुख चेतराज बजाल रहेका थिए । विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, नगर उपप्रमुख रतन बहादुर सिंह, शसस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक तथा डिएसपी नेत्र केसिलगाएत सुरक्षा निकाएका प्रमुखहरू रहेका थिए ।

२०५२ सालमा स्थापना भई देशका ७७ वटै जिल्लाका शिक्षण संस्था, माध्यमिक तह (कक्षा ११ र १२) क्याम्पस तथा विश्वविद्यालयहरूमा कार्य गरिरहेको परिषदले विद्यार्थी, शिक्षक शिक्षाविद्हरूलाई संगठित गर्दै असल व्यक्ति निर्माणका माध्यमबाट राष्ट्रलाई परम् वैभवको स्थितिमा पुर्याउने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *