सत्यराज सिंह, बझाङ । शिक्षाको गुणस्तर अभिवृद्धी गर्नका लागि बझाङका २ वटा स्थानियतहमा रहेका सामुदायिक विद्यालयमा पढाई मेला सुरु भएको छ । बझाङको केदारस्युँ गाउँपालिकाका ५ र जयपृथ्वी नगरपालिकाका १० वटा विद्यालयमा मंगलबारदेखि पढाई मेला सुरु गरिएको हो ।
प्रगतिशिल युवा समाज र वल्र्डभिजन इन्टरनेश्नल नेपालको साझेदारीमा संञ्चालित समावेशी तथा गुणस्तरी शिक्षा परियोजना अन्र्तगत बालबालिकाको शैक्षिक स्तर वृद्धी गर्ने र पठनसीप विकास गरी बालबालिकाको पढाइप्रति आकर्षण बढाउने उदेश्य रहेको छ । पढाइ मेलामा पढाइ गुणा पुस्तक प्रर्दशनी, सुचना तथा संञ्चार सामाग्री, शैक्षिक पढाइ सामाग्री राखिएको र बालबालिकाहरुलाई हाजिरी जवाफ, पढाइ प्रतियोगिता, सिकाई सम्बन्धि खेल लगाएतका प्रतियोगितामा समावेश गरिएको प्रगतिशिल युवा समाज अन्र्तगतको समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाका अधिकृत यज्ञराज जोशीले बताउनु भयो । कार्यक्रममा स्वयम् बालबालिकाहरुका अभिभावक, विद्यालय व्यवस्थापन समिति, विद्यालयका शिक्षकहरुको उपस्थिति रहको थियो ।
त्यसैगरी वल्र्ड भिजन र प्रगतिशिल युवा समाजको साझेदारीमा जयपृथ्वी नगरपालिका वडा नं. ८ को सेलाखेतमा २८ लाख ९२ हजार ५ सय ८८ को लागतमा निर्माण गरिएको युवा वर्ष आधारभुत विद्यालयको भुकम्प प्रतिरोधी दुई कोठे भवनको एक कार्यक्रमकावीच प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, जिल्ला समन्वय समिति उपप्रमुख कृष्णबहादुर विष्टले रिवन काटेर उद्घाटन् गर्नुभएको थियो ।
त्यसैगरी बिहीवार जिल्ला परियोजना सल्लाहकार समितिको बैठक समन्वय समितिको हलमा बसेर वल्र्डभिजन र प्रगतिशिल युवा समाजले गरेका क्रियाकलापहरु माथी छलफल तथा समिक्षा र सुझाव संकलन गरिएको प्रगतिशिल युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताउनु भयो । उक्त बैठकमा आएका सुझाव सल्लाहहरुलाई पृष्ठपोषणका रुपमा लिई आगामी दिनमा अझै परियोजनाहरुलाई प्रभावकारी बनाउनु र संस्थागत गर्न महत्वपूर्ण रहने समेत जोशीले बताउनुभयो ।
प्रगतिशिल युवा समाजले गरेका कामहरु केदारस्यूँ गाउँपालिकामा प्रभावकारी रहेको र आगामी दिनमा केदारस्यूँ गाउँपालिका पनि सहकार्य समन्वय गरेर अगाडी बढ्ने केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेश बहादुर बोहराले बताउनुभयो । उक्त कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले पछिल्लो समयमा बालबालिकाहरु अनुशासित, मर्यादित बनाउनका साथै गुणस्तरीय शिक्षामा विशेष ध्यान दिनुपर्ने, स्थानीय सरकार र गैरसरकारी संघसंस्थाले गरेका कामहरु गुणस्तरीय हुनुपर्ने र पैसा खर्च गरेर मात्रै नहुने बताउनुभयो ।
त्यसैगरी जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला परियोजना सल्लाहकार समितिका अध्यक्ष नरहबादुर बोहराले प्रगतिशिल युवा समाज र वल्र्ड भिजनले गरेका क्रियाकलापहरु प्रभावकारी रहेको र आगामी दिनमा अझै केही गल्ती कमिकमजोरी भएको भए सुधार गरेर लैजानु पर्ने, स्थानीय सरकारले पनि त्यसको अपनत्व लिनु पर्ने बताउनु भयो ।
जिल्ला स्थित जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहरा, जयपृथ्वी नगरपालिकाका नगर उपप्रमुख रतन बहादुर सिंह, पत्रकार तथा संञ्चारकर्मीहरुले पढाइ मेलाको अवलोकन गर्नुका साथै प्रगतिशिल युवा समाजले गरेका विभिन्न क्रियाकलापहरुको अवलोकन गरेका थिए ।
प्रगतिशिल युवा समाजले विगत एक दशकदेखी बझाङ जिल्लाको शिक्षा, स्वास्थ्य, जीबीको पार्जन, पोषण, भौतिक निर्माण र सशक्तिकरणमा काम गर्दै आएको प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीले बताउनुभयो । प्रगतिशिल युवा समाजले जिल्लाका विभिन्न स्थानीय तह र सरोकारवालहरुसँग सहकार्य गरेर कामहरु गर्दै आएको अध्यक्ष केसीले बताउनुभयो ।