शिक्षामा स्थायित्व अभिबृदी”परियोजनाको नगरपालिका स्तरिय परियोजना सल्लाहकार समिति गठन तथा समिक्षा बैठक सम्मन्न

बझाङ समाचार

साइपाल खवर, बझाङ । शिक्षामा स्थायित्व अभिवृद्धि परियोजना अन्तर गत नगरपालीका स्तरीय परियोजना सल्लाकार समिति समिक्षा बैठक जयपृथ्वी नगरपालीकामा शुक्रवार सम्पन्न भएको छ ।
परियोजना जयपृथ्वी नगरपालीका का ७ ओटा माध्यमिक विद्यालय र तलकोट गाउँपालिका का ४ माध्यमिक विद्यालय गरी जम्मा एघार माध्यमिक विद्यालयहरुमा लागु भईरहेको कार्यक्रम “शिक्षामा स्थायित्व अभिवृद्धि परियोजना”अस्ट्रेलियन सरकारको आर्थिक सहयोगमा,रिड नेपाल द्धारा सञ्चालन भइरहेको रिड नेपाल बझाङ्ग जिल्लामा कार्यरत शिक्षा विकास अधिकृत उमा भट्टले जानकारी दिनुभयो ।
बझाङ्ग जिल्लामा कार्यरत शिक्षा विकास अधिकृत उमा भट्टले  परियोजना द्धारा सम्पूर्ण क्रियाकलापको समिक्षा सहित उपलब्धीहरु को कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । साथै परियोजनाले गुणस्तरिय शिक्षा लाई जोड दिदै बालबालिकाको पठन पाठनमा सहायता पु¥याएको उनले बताईन् ।
जयपृथ्वी नगरपालीकामा नगरपालीका स्तरीय परियोजना सल्लाहाकार समितिका लागी नगर उप–प्रमुख रतन बहादुर सिहं को संयोजकत्वमा ११ सदस्सीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।

अस्ट्रेलियन सरकार DFAT को आर्थिक सहयोगमा रिड नेपाल द्धरा सञ्चांलित शिक्षामा स्थायित्व अभिवृद्धि परियोजनाले यस क्षेत्रका माध्यमिक विद्यालयका बालबालीकाहरुको पठनपाठनमा सहायता पु¥याएको र यसलाई अझै प्रभावकारी बनाउन तत्पर रहेको रिड नेपालका प्रमुख भिम बोगटिले बताए । परियोजनाले शिक्षामा धेरै राम्रो सहयोग गरिरहेकोे र यसलाई अझै प्रभावकारी रुपमा कार्यान्वयन गरी सफल पार्न नगरपालीका सधै तत्पर रहने जयपृथ्वी नगरपालीका का नगर प्रमुख चेतराज बजाल ले बताए ।
समिक्षा बैठकमा नगरपालीका–का नगर प्रमुख,उप–प्रमुख प्रशाशकिय अधिकृत,शिक्षा प्रमुख ७ आटै माध्यमिक विद्यालयका प्रधानाध्यापक, रिड नेपालका CEO र बझाङ जिल्लामा कार्यरत शिक्षा विकास अधिकृत रहेको उपस्थिती रहेको थियो ।नगर प्रमुख चेतराज बजाल द्धारा कार्यक्रमको समापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *