अपाङ्गता समावेशी बिकास तालिम शनिवार सम्पन्नः समान सहभागिता र अवसरका लागी टेवा पुग्ने विश्वास

बझाङ समाचार

रिदम सिंह, बझाङ । अपाङ्गता समावेशी बिकास तालिम शनिवार सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र उनीहरुको सहभागितामा क्षमता बढाउने उदेश्यले यही भाद्र १६ गतेवाट संञ्चालन भएको उक्त तालिम आज सम्पन्न भएको हो ।
यूएमएन बझाङ क्लस्टरको आयोजनामा संञ्चालन भएको उक्त कार्यक्रममा प्रगतिशिल युवा समाज र दलित सहयोग समाजमा कार्यरथ कर्मचारी, कार्य समितीको पदाधिकारी लगाएत परियोजना क्षेत्र वुंगल नगरपालिका र थलारा गाँउपालिकामा रहेर काम गर्ने स्थानीयहरुको सहभागिता रहेको थियो । तीन दिनको तालिममा यूएमएन थापाथलीका विरबहादुर नेपाली र पाण्डव रसाइलीले सहजीकरण गर्नु भएको थियो भने, तीन दिनसम्म तालिममा सहभागीहरुलाई प्रशिक्षण समेत दिनु भएको थियो ।
समाजमा अपाङ्गता भएका व्यक्तिहरु धेरै भएपनि उनीह समान अवसर पाउनवाट वञ्चित भएका कारण अपाङ्गता भएका व्यक्तिहरुलाई समान हक र सहभागिता दिलाउनका लागी फाइदा पुग्ने उदेश्यले तालिमको आयोजना गरिएको यूएमएन बझाङ क्लस्टरका पाण्डव रसाइलीले बताउनु भयो । सरकारी होस् वा अन्य गैरसरकारी संघसंस्थामा शाररिक अशक्तता भएका व्यक्तिहरुको सहभागिता न्युन देखिएका कारण आगामी दिनमा उनीहरुको पनि समान सहभागिताका लागी टेवा पुग्ने कार्यक्रमले लक्ष्य लिएको छ ।
कार्यक्रममा बोल्दै प्रगतिशिल युवा समाज बझाङका अध्यक्ष रमेश केसीले आपाङ्ता भएका व्यक्तिहरुले पनि अन्य व्यक्तिहरुले जस्तै गरी काम गर्न सक्ने, उनीहरुमा काम गर्न सक्ने क्षमता धेरै हुने भएका कारण आगामी दिनहरुमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागितामा सरोकारवाला पक्षले सोच्नु पर्ने बताउनु भयो । अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा काम गरेर यूएमएनले जिल्लामा ठुलो काम गरेको बताउँदै केसीले यूएमएनका गतिविधिहरु आगामी दिनमा जिल्लामा आउने संघसंस्थाहरुले अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्नका लागी प्रेरणा बन्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *