एमाले बझाङले संघको उम्मेदवारका लागी ऐन महरसहित तीन जना सिफारिस गर्यो

बझाङ राजनीति समाचार सुदुरपश्चिम

बझाङ । आगामी संघ र प्रदेशको निर्वाचनका लागी नेकपा एमाले बझाङले उम्मेदवारहरु सिफारिस गरेको छ । भदौ २० गते बसेको नेकपा एमाले जिल्ला कमिटीको बैठकले संघ र प्रदेश सभाका लागी जिल्लाबाट आकांक्षि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।

एमाले बझाङले संघमा प्रत्येक्ष तर्फ ३ जना, समानुपातिक तर्फ ११ जनाको नाम सिफारिस गरेको छ । त्यसैगरी प्रदेश सभा (क) बाट प्रत्येक्ष तर्फ ७ जना, प्रदेश सभा (ख) तर्फ ३ जनाको नाम सिफारिस गरेको छ । त्यसैगरी समानुपतिक तर्फ प्रदेश सभा (क) बाट ८ जना र प्रदेश सभा (ख) तर्फ ९ जनाको मान सिफारिस गरेको हो ।

प्रतिनिधि सभाको प्रत्येक्ष उम्मेदवारका लागी सिफारिस हुनेमा एमाले जिल्ला सह इन्चार्ज ऐन महर, महेश भट्टराई र जुना जाग्रीलाई सिफारिस गरेको छ ।

त्यसैगरी समानुपातिक तर्फ आनन्दलाल विश्वकर्मा, अर्जुन थापा, जनकराज जोशी, राधा कुमारी विष्ट, भागरथी अवस्थी, धनलक्ष्मी खत्री, सरिता भण्डारी, शंकर रसाइली, धर्मराज बोहरा, विजयराज श्रेष्ठ र चेताराज जोशीलाई सिफारिस गरेको छ ।

त्यसैगरी प्रदेश सभा (क) बाट प्रत्येक्ष तर्फ दमन भण्डारी, अफिलाल ओखेडा, बुनी कुमारी विष्ट, लालबहादुर थापा, विरेन्द्र खड्का, कलक खड्का, खडक बहादुर खड्का, प्रयागराज जोशी, कृष्ण चन्द्र बोहरा रहेका छन् ।

त्यसैगरी प्रदेश सभा क्षेत्र नं. (ख) बाट प्रत्येक्ष उम्मेदवारहरुमा एलवि रावल, दिलबहादुर भण्डारी, र जानकी धामीलाई सिफारिस गरेको छ ।

प्रदेश सभा क्षेत्र नं. (क) बाट ८ र प्रदेश सभा (ख) बाट ९ जनाको नाम सिफारिस गरिएको नेकपा एमाले बझाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *