बझाङ : बझाङ प्रहरीले विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न विद्यालयहरुमै पुगेर सचेतना दिन थालिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक रमेश रमेशदत्त अवस्थीले जानकारी दिए ।
उक्त कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र बझाङको आयोजनामा जिल्ला भित्रका विद्यालयहरुका विद्यार्थीहरुलाई विभिन्न कुराका बारेमा जानकारी दिन थालिएको छ ।
उनले भने, ‘कार्यक्रमअन्तर्गत समाजमा हुने विभिन्न विकृतिहरुलाई न्यूनीकरण गर्न विद्यालयमा गएर कक्षा ९ र १० कक्षाका विद्यार्थीहरुलाई सचेतना दिन थालेका हौँ ।’
विध्यालयमा विध्यार्थीहरु संग सामाजिक सञ्जालको गलत प्रयोग र कानुनी व्यवस्था, लागूऔषध दुव्र्यसनी रोकथाम, लैङ्गिक, घरेलु हिंसा, आत्महत्या, बालविवाह, सामाजिक अपराध रोकथाम, ठगीका घटना, बालयौन दुव्र्यवहार लगायतका विषयमा छलफल गर्ने गरिएको छ ।
उनले भने, ‘विद्यालयमै पुगेर किशोरकिशोरीसँग गरिने अन्तरक्रियाले समाजमा हुने विभिन्न विकृतिहरुलाई न्यूनीकरणका साथै हिंसाका घटनामा कमी हुने विश्वास छ । विध्यार्थीहरुले पनि यस विषयमा पछिल्लो समय चाँसो राख्ने गरेका छन् ।’
उक्त कार्यक्रम अन्र्तगत बिहिबार जयपृथ्वी नगरपालिका–४ गोलाईमा रहेको बालविकास माध्यामिक विध्यालयमा उक्त कार्यक्रम गरिएको छ ।