लैङ्गिक हिंसा निवारण कोष सम्वन्धि समन्वय बैठक वित्थडचिरमा सम्पन्न

बझाङ समाचार सुदुरपश्चिम

रिदम सिंह, बझाङ । लैङ्गिक हिंसा निवारण कोष सम्वन्धि समन्वय बैठक वित्थडचिर गाउँपालिकामा सम्पन्न भएको छ । युएनएफपिएको आर्थिक तथा भिएसओ पीसवीन नेपालको आयोजनामा उक्त समन्वय बैठक सम्पन्न भएको हो ।
कार्यक्रममा लैङ्गिक हिंसा निवारण कोष अन्र्तगत रहेर गर्नु पर्ने काम र त्यसको निर्देशिकाले निर्दिष्ट गरेका क्षेत्राधिकारका साथै लैङ्गिक हिंसा निवारण कोष संञ्चालनको प्रक्रिया लगाएतका विषयमा युएनएफपिएका जिल्ला कार्यक्रम अधिकृत धनबहादुर लम्सालले जानकारी दिनु भएको थियो । लम्सालले तत्काल उद्धारका लागी उद्धार तथा राहत समिति गठन गर्नु पर्ने, सवै पालिकाहरुले अल्पकालिन सेवा केन्द्र (सुरक्षित आभाष गृह) को स्थापना गर्नु पर्ने लगाएतका विषयमा समेत नवनिर्वाचित जनप्रतिनिधी तथा गाउँपालिकामा रहेका विषयगत शाखाका कर्मचारीहरुलाई जानकारी गराउनु भएको थियो ।
गाउँपालिकामा हालसम्म ८ जनाका लागी ५० हजारबढ राहत तथा उद्धारका लागी रकम खर्च गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख सरिता अवस्थीले जानकारी गराउनु भएको थियो । हिंसा प्रभावित महिलाहरुलाई पालिकामा संञ्चालन गरिएको तत्काल रात तथा उद्धार कोषको रकमको प्रयोग गरी उनीहरुलाई न्यायमा पहुँच पुर्याउन, सदरमुकाम चैनपुरसम्म आउन तथा अन्य व्यवसाय संञ्चालनका लागी सहयोग गरिएको अवस्थीले बताउनु भयो ।
कोष स्थापना गर्ने, तीनवटै सरकारले लैङ्गिक हिंसा निवारण कोष संञ्चालन गर्नु पर्ने, निर्माण गरिएको कोषमा जम्मा भएको रकमबाट लैङ्गिक हिंसा प्रभावित महिला, किशोरीहरुलाई पुर्नस्थापना, यातायात, गासबासका लागी प्रयोग गर्ने सकिने र उक्त रकमलाई गाउँपालिकामा रहेको लैङ्गिक हिंसा निवारण समितिको निणर्य अनुसार खर्च गर्न सकिने पीसवीन नेपालका जिल्ला संयोजक भुवनबहादुर सिंहले बताउनुभयो ।
कर्यक्रममा बोल्दै वित्थडचिर गाउँपालिकाका अध्यक्ष अम्मरसिंह महरले पालिकामा हिंसा प्रभावित महिला वा किशोरीहरुको पुनः स्थापनाका लागी पालिकाले काम गर्ने बताउनु भयो । उनीहरुको जीवीको पार्जनदेखी न्यायमा पहुँज सहज पार्नका लागी पालिकाले काम गर्ने र कोषको स्थापना गर्नकधा लागी पनि रकम विनियोजन गर्ने अध्यक्ष महरले बताउनु भयो । साथै गाउँपालिक भित्र हुने सवै खालका हिंसाहरुलाई न्युनिकरण गर्नका लागी गाउँपालिकाले काम गर्ने र हिंसा गर्ने जोकेहीलाई पनि कार्वाहीको दयारामा ल्याउने प्रतिवद्धता पनि महरले जनाउनु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै पीसवीन नेपालका कार्यक्रम अधिकृत जुद्ध रावलले बझाङ जिल्लामा हुने लैङ्गिक हिंसा न्युनिकरण गर्नका लागी आफुहरुले काम गरिरहेको बताउनु भयो । आगामी दिनहरुमा यहाँ हुने लैङ्गिक हिंसा न्युनिकरणका लागी पालिका र आफुहरुले सँगै हातेमालो गरेर अघाडी वढ्ने बताउदै रावलले हिंसाको कुनै लिंग, जात र धर्म नहुने भएका कारण यसलाई न्युनिकरणसँगै हिंसा गर्ने जोकोहीलाई पनि कानुनी दयारामा ल्याउन आवश्यक रहेको बताउनु भयो ।
वित्थडचिर गाउँपालिका अध्यक्ष अम्मरसिंह महरको अध्यक्षतामा संञ्चालन भएको उक्त कार्यक्रममा पालिका भित्रका सवै वडाका वडाध्यक्ष, कार्यपालिकाका सदस्य, गाउँपालिकामा रहेका सम्बन्धित शाखाका प्रमुखहरुको उपस्थिती रहेको थियो, भने कार्यक्रममा सहजीकरण युएनएफपिएका जिल्ला कार्यक्रम अधिकृत धन लम्सालले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *