रिदम सिंह, बझाङ । महिला सुरक्षा परिक्षण सम्बन्धि परामर्ष बैठक आज चैनपुरमा सम्पन्न भएको छ । जयपृथ्वी नगरपालिका वडा नं. ९ र १० मा संञ्चालन भएको शहरी विपद तथा भुकम्पिय पूर्व तयारी परियोजना (सुपर) अन्र्तगतको लैङ्गिक उत्तरदायी विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन परियोजनाले विपदमा हुने महिला, लैङ्गिक तथा अन्य हिंसाको अवस्थाका बारेमा महिला सुरषा परिक्षण परामर्ष कार्यक्रम संञ्चालन गरेको हो ।
कार्यक्रममा बोल्दै कानुनी सहायता र परामर्ष केन्द्रकी रक्षा रिजालले अपाङ्गता भएका, अल्पसंख्यक, हिंसा प्रभावित, लगाएतका महिलाहरु विपदको समयमा कत्तिको सुरक्षित रहेका छन् । उनीहरुको सुरक्षा र व्यवस्थापनका लागी स्थानीय सरकार लगाएत तीनवटै सरकार र आम नागरिकको स्तरवाट के कस्ता पहल भइरहेका छन् र हुनसक्छन् भन्ने विषयमा छलफल गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको बताउनु भयो । कुनै पनि रुपमा प्रभावित वा आर्थिक अवस्था कमजोर भएका महिलाहरुको आर्थिक, सामाजिक र राजनितिक रुपमा शसक्तिकरण गर्नु आजको आवश्यकता भएका कारण तीन वटै सरकारसँग समन्वय गरेर महिलाहरुको कानुनी क्षेत्रमा पहुँच पर्याउनका लागी परियोजनाले काम गरिरहेको समेत रिजालले बताउनु भयो ।
यस्तै कार्यक्रमको सहजीकरण गर्दै सुपर परियोजनाकी फोकल पर्शन सन्ध्या श्रेष्ठले परियोजनाल जयपृथ्वी नगरपालिकाको वडा नं. ९ र १० लाई मात्रै छनोट गर्नुको कारण यहाँको जनसंख्या धेरै भएको र बाक्लो बस्ती भएका कारण विगदको समस्या पनि धेरै हुने सम्भावना हुने भएकाले रहेको बताउनु भयो । बाक्लो बस्तीमा बढी जनसंख्या हुने र बढी नै प्रभावित हुने भएका कारण परियोजनाको उदेश्यले निर्दिष्ट गरेको मापदण्ड अनुरुप यी दुईवटा वडालाई छनोट गरिएको बताउनु भयो ।
यस्तै विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनको क्षेत्रमा महिलाहरुको सहभागिता र नेतृत्व अवस्थाका बारेमा छलफल गर्नु र त्यसलाई कार्यन्वयनमा लैजानु , विपद्को समयमा हुने समस्यालाई समाधान गर्न र त्यसमा महिलाहरुको सुनिश्चितता गर्नु आवश्यक रहेको समेत श्रेष्ठले बताउनु भयो । कार्यक्रममा विपद्मा प्रभावितहरुका लागी बझाङ जिल्लामा पनि विभिन्न कामहरु भइरहेको तर स्थानीय सरकार र अन्य निकायबीच समन्वयका अभाव रहेको बताएका थिए । साथै जिल्लाका विपदको समयमा पनि प्रायः महिला वा किशोरीहरु व्ढी प्रभावित हुने गरेको निस्कर्ष निकालेका थिए ।
कार्यक्रममा बोल्दै कानुनी सहायता र परामर्ष केन्द्रकी रक्षा रिजालको अध्यक्षतामा संञ्चालन भएको उक्त कार्यक्रममा जयपृथ्वी नगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा वडा नं. १० का वडाध्यक्ष पुष्प बहादुर सिंह प्रमुख अतिथी रहनु भएको थियो । त्यसैगरी कार्यक्रममा जयपृथ्वी नगरपालिकाका निमित्त कार्यालय प्रमुख लालबहादुर खाती, जीन्सी शाखा प्रमुख विजय कुमार रजक, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख टिटा मगर लगाएतको सहभागिता रहेको थियो । साथै कार्यक्रममा जयपृथ्वी नगरपालिका वडा नं. ९ र १० भित्रका विभिन्न सरोकारवाला निकायको समेत उपस्थिती रहेको थियो ।