बझाङ : नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङले संविधान दिवस (राष्ट्रिय दिवस ) को पुर्व सन्ध्यामा दिप प्रज्वलन गरेको छ ।
आइतबार नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अध्यक्ष दिनेश धामीको अध्यक्षतामा सदरमुकाम चैनपुरको लोकतान्त्रिक चोकमा दिप प्रज्वलन कार्यक्रम गरेको हो ।
नेपालको संविधानको बारेमा बताउदै संगठनका अध्यक्ष धामीले समाज र देश रुपान्तरण, जनता हकहितको लागि र जनमैत्री नेपालको संविधान २०७२ धेरै जसोले आफ्नो बलिदान,ज्यान आहुती दिएर आर्जन गरेको संविधानलाई सम्मान गरेर राख्नुपर्ने बताए ।
नागरिकले मौलिक अधिकार मात्र नखोजेर कर्तव्य पनि निर्बाह गर्नुपर्ने र देश, राष्ट्र, सार्वभौमसत्ता राष्ट्रिय अखण्डता , संविधान जोगाउन सबै नागरिकले बलिदान दिन तयार हुनुर्ने उनले बताएका छन् ।
उक्त दिप प्रज्वलन कार्यक्रममा निजामती कर्मचारी संगठन जिल्ला कार्यसमितिका सचीव मुकेश कुमार थापा निजामती कर्मचारी संगठन समितीमा आबद्ध कर्मचारी, सुरक्षाकर्मी,सञ्चारकर्मी, नागरिक समाजका अगुवा लगायतको उपस्थिति रहेको थियोे ।