बझाङ: बझाङमा सुविधा सम्पन्न होटल खुलेको छ । बझाङको हुलाक कार्यालयसँगै होटल ड्रिम हाउस प्रा.ली. खुलेको हो । हाल १६ कोठा सञ्चालन गरिएको होटलका संचालक दिपक रोकायाले बताएका छन् ।
‘बझाङबाट आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्दै गएको छ । खासगरी साइपाल हिमाल, खप्तड घुम्न जाने पर्यटकहरुको आगमनमा वृद्धि हुदै गएको पाइन्छ,’ संचालक रोकायाले भने, ‘यसै कुरालाई मध्यनजर गर्दै हामीले अत्याधुनिक सुविधासहितको ५ करोड लागतमा होटल ड्रिम हाउस सञ्चालनमा ल्याएका हौं ।’
उक्त होटलको उद्घाटन शब्दवाचन मार्फत नेकपा एमालेका केन्दीय सदस्य तथा बझाङ जिल्ला सह-ईन्चार्ज ऐन महर र संचालक रोकायाकि आमा जुनकला रोकायाले गरेका हुन् ।