बझाङ :आसन्न निर्वाचनमा बझाङका जनतामा फरक धारणा आएको छ। विगतमा दुई-दुई पटक प्रतिनिधि सभा सदस्य भइसकेका एकीकृत समाजवादीका नेता भानुभक्त जोशी, नेपाली कांग्रेसका नेता अर्जुनजंङ्ग बहादुर सिंह र एमालेका भैरव बहादुर सिंहले जिल्लाका लागि आफ्नो कार्यकालमा उपलब्धीमुलक काम नगरि आफू र आफन्त मात्रै मोटाउने काम गरेको बेलाबेला आरोप खेप्दै आएका छन्।
अहिले सामाजिक सञ्जालमार्फत धेरैजसो युवाहरूले आफ्नो धारणा व्यक्त गर्दै युवा पुस्तालाई बझाङको नेताका रूपमा स्थापित गर्न युवालाई नै अगाडी सार्नु पर्ने धारणा राखेका छन्।
अब आउँदो ४ मंसिरमा संघ र प्रदेशको निर्वाचनमा पनि एकातिर क्षमताविहीन र वृद्ध नेतालाई बिदाइ गर्ने र सक्षम, सवल र युवा नेतालाई निर्वाचित गराउने बहस पनि चलेको छ।
‘बझाङमा युवा नेता प्रजातन्त्रमा सवल नेतृत्व चुन्ने जनताको दायित्व हो। यदि सही नेतृत्व चुन्न नसके फेरि पनि अर्को पाँच वर्ष पछुताउनुपर्ने अवस्था हुनेछ। वर्तमान राजनीतिक दलको पुरानो नेतृत्वबाट जनता आजित भइसकेका छन्।,’ शिक्षक शेर बहादुर ओलीले भने। जनताले विकल्प खोजेका छन्।’
विकल्प रोज्ने उत्तम समय चुनाव नै भएको गठबन्धनका नेताहरूले नै बताएका छन्। बझाङबाट युवा पुस्तामा एमालेबाट ऐन महर अघि सारिएका छन् भने गठबन्धनले पुराना नेताहरूलाई निरन्तरता दिएको छ।
विध्यार्थी राजनीतिबाट एमालेको राजनीतिमा होमिएका महरलाई पछिल्लो समय युवाहरूले बझाङमा युवाको नेतृत्वमा विकास तथा समाज रुपान्तरण गर्ने भएकाले महरलाई अघि सार्नुपर्नेमा युवाहरूले जोड दिन थालेका छन्।
जिल्लाबाट युवा नेतृत्व आउनुपर्नेमा गठबन्धन दलका युवाहरूले समेत समर्थन गर्न थालेका छन्। पार्टीमा युवा भन्नाले उमेरको आधारमा होइन, विचारको आधारमा युवा हुनुपर्छ भन्ने जमात पनि बढ्न थालेको छ।